कलाकार मिश्रालाई ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’

702

चर्चित भोजपुरी गायक एवं नेपाली चलचित्रका नायक श्याम कुमार मिश्रालाई शुक्रबार ‘वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपाल’ले राजधानीमा आयोजना गरेको कार्यक्रम ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरेको छ ।

उहाँले भोजपुरी गीतबाट सर्वोत्कृष्ट अवार्ड पाउनु भएको हो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कला, साहित्य जगतका बिशिष्ट ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कपिलवस्तुको कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व हुनुहुन्छ ।

नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहनुभएका मिश्रा गत स्थानीय निर्वाचनमा उहाँ कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत हुनुभएको थियो ।

कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढ्ने सोच बनाएका मिश्रा यस्ता खाले सम्मानले आफुलाई थप उर्जा मिल्ने बताउनु भएको तेजनेपालमा खबर छ ।