गरिमा विकास बैंकको १५ औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

333

सर्लाही | गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सबको अवसर पारेर सर्लाही सदरमुकाम मलंगवामा रक्तदान कार्यक्रम गरेको छ ।

बैंकको मलंगवा शाखाले आज आफ्नै मलंगवा स्थित कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान जिवनदान भन्ने नाराका साथ बैंकले आयोजना गरेको कार्यक्रममा दुई दर्जनभन्दा बढी रगत दान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी मलंगवाको सहकार्यमा भएको कार्यक्रममा सहारा विकास बैंकका निवर्तमान अध्यक्ष एवं समाजसेवी संजय गुप्ता तथा गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका शाखा प्रबन्धक पुष्प श्रेष्ठले रगत दान गरेर रक्तदानको सुभारम्भ गरेका थिए ।