चन्द्रनगरका दलित समुदायका लागी २ दिने क्षमता बिकाश तालीम सुरु

533

सर्लाहीको चन्द्रनगरमा दलित समुदायको लागी शसक्तिकरण तथा क्षमता बिकाश तालीम सुरु भएको छ ।

शनिवार बिहान एक औपचारिक कार्यक्रमका बिच तालीमको शुभारम्भ भएको हो । २ दिन सम्म चल्ने तालीमलाई चन्द्रनगर गाउँपालीकाको कार्यालयले आर्थीक सहयोग गरेको छ । वातावरण संरक्षण तथा मानव बिकाश संस्था नेपाल सुनसरिले तालीमको आयोजना गरेको हो ।

तालीममा सर्लाही जिल्लामै सबैभन्दा बढि दलित समुदायको बसोवास रहेको चन्द्रनगर गाउँपालीकाका दलित समुदायलाई आफ्नो हक अधिकारको बारेमा जानकारि गराउनुका साथै संबिधानमा रहेका दलितका हक अधिकारका बारेमा जानकारि गराईने संस्थाका अध्यक्ष तथा कार्यक्रम संचालक भुवनेश्वर साहले जानकारि दिए ।

सहभागीलाई लामो समयदेखि दलित समुदायको हक अधिकारका लागी सक्रिय तथा प्रशिक्षक अमर बराईलीले प्रशिक्षण दिनेछन ।

गाउँपालीका अध्यक्ष महेन्द्र महतोको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत असोक साहको बिशिष्ट अतिथी रहेको कार्यक्रममा पालीकाका सञ्जय महतो, कृष्ण आचार्य लगाएत स्थानिय समाजसेवि तथा दलित समुदायका बिद्यार्थीका लागी निशुल्क ट्युसन कक्षा संचालन तथा १००० बालबालीकालाई शैक्षिक सामाग्री बितरण गरेर चर्चामा आएका शिवनाथ राउतको उपस्थिती आतिथ्यता रहेको थियो ।

तालीममा पालीकाका दलित समुदायका ३५ जनाको सहभागीता रहेको छ ।