नेकपा (एस) निकट अनेम संघको हरिवन नगर कमिटी गठन

419

सर्लाही | हरिवनमा नेकपा एकीकृत समाजबादी निकट अखिल नेपाल महिला सघले १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस  र नगर भेला सम्पन्न गरेको छ ।

भेलाले गिता घिसिङ अध्यक्ष रहेको १ सय ५१ सदस्यीय अखिल नेपाल महिला संघको हरिवन नगर कमिटी गठन गरेको  छ ।

कमिटीमा उपाध्यक्षत्रय यसोदा भट्टराई, फुर्ब शेर्पा र मनु आले, सचिब गंगा मैनाली र कोषाध्यक्ष आशा महतो रहनु भएको छ ।

सुकेपोखरी स्थित महादेव मन्दिरमा भएको नगर महिला भेलालाई एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य लक्ष्मण पौडेल, केन्द्रिय सदस्य डिल्ली उप्रेती, जिल्ला उपाध्यक्ष अन्जु पौडेल, अखिल नेपाल महिला संघकि जिल्ला अध्यक्ष रमा पौडेल,  नगर अध्यक्ष चूडामणि वाग्ले लगायतले सम्बोधन गर्नु भएको थियो ।

भेलाले हरिवन नगरपालिकाले राजनैतिक प्रतिसोध साँधेर वडा नम्बर ३ कि सहयोगी कार्यकर्ता भिम कुमारी मोक्तानलाई सेवाबाट हटाएकोमा खेद प्रस्ताव पारित गरेको छ ।

भेलाका बक्ताहरुले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिनु भएको थियो ।