सर्लाही ईटा ब्यवसायी संघले बुझायो क्षतिपुर्तिको माग सहित सिडिओलाई ज्ञापनपत्र

339

सर्लाही | ईट्टा उद्योग व्यवसायी संघ मलंगवाले विभिन्न ५ शुत्रिय माग राख्दै सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष मेथुर चौधरी नेतृत्वको उद्योगी व्यवसायीको टोली मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएका हो ।

ज्ञापनपत्रमा बेमौसमी वर्षाका कारण ईट्टा उद्योगमा भएको क्षतिको यकिन गरि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, जिल्लामा गैरकानुनी रुपमा संचालनमा रहेका ईट्टा भट्टाहरु यथाशीघ्र बन्द गराउने वा कानुनी दायरामा ल्याउनु पर्ने, कच्चा ईट्टाको बिमा गर्न बिमा कम्पनी तथा उद्योगीहरुको बिचमा सहजीकरण गराउनुपर्ने, कर मिनाहा गर्न सिफारिस गर्नुपर्ने र सहुलियत व्याजदरमा बैंकमार्फत ऋणको व्यवस्था गराउन पहल गरिदिनुपर्ने लगायतका मागहरु समेटिएका छन् ।