२०८३ बैशाख २५ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २५ शुक्रबार

क्षितिज विश्वकर्मा
लालबन्दी, २४ चैत । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका केही विद्यालयमा युट्युबर तथा अन्य व्यक्तिहरू विद्यालय परिसरमा प्रवेश गरी पठनपाठन सञ्चालन भइरहेको समयमा अनुमति बिना भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा प्रसारण गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधिले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको मनोबल घट्नुका साथै शैक्षिक वातावरणमा नकारात्मक असर परेको उल्लेख गरेको छ । सामुदायिक विद्यालयहरूले यस सम्बन्धमा नगरपालिकामा निवेदन दिएपछि विषयमा छलफल गरिएको जनाइएको छ ।

विज्ञप्तिमा वास्तविक तथ्य नबुझी भ्रामक ढंगले भिडियो प्रसारण गर्नु कानुनविपरीत कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षलाई सचेत गराइएको छ । साथै विद्यालयको शैक्षिक गतिविधि शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग सहयोगको अनुरोध गरिएको छ ।

लालबन्दी ९ मा रहेको जनज्योती माध्यमिक विद्यालयमा हिजो एक युट्युबरले आएर विद्यार्थीसँग शुल्क लिएको भन्दै रिपोर्टिङ गरेका थिए । उनको भिडियो अहिले सामाजिक संजालमा भाईरल बनिरहेको छ । भिडियो भाईरल भएपछि यसको पक्ष र विपक्षमा बिभिन्न टिकाटिप्पणि भईरहेको छ । युट्युबरले भिडियोमा जनज्योति स्कुलका प्रधानाध्यापक, अभिभावक लगाएतसँग अन्तरवार्ता लिएका थिए ।

विद्यालयका प्रधानाध्यापक विष्णु पोखरेलका अनुसार उनले रिपोर्टिङका क्रममा आफुसँग पनि अन्तरवार्ता लिईएको भएपनि सबै काटेर विवाद सिर्जना गर्ने खाल्को बाईट मात्रै राखेर सामाजिक संजालमा प्रशारण गरिएको छ । बिहिबार नगरपालिकास्थित नगर प्रमुखको कार्यकक्षमा बसेको प्रधानाध्यापकहरुको बैठकले अबदेखि विद्यालयमा त्यस्ता व्यक्तिहरुलाई प्रवेश निषेध गर्ने र प्रवेश गर्नुे पर्ने भए अनुमति लिएर सौहार्दपूर्ण वातावरणमा रिपोर्टिङ गर्न प्रेरित गर्ने सहमति भएको छ ।

आजै मात्रै पनि लालबन्दी २ जुटपानीमा रहेको नवजिवन विद्याश्रममा केहि व्यक्तिहरु प्रवेश गरि अनावश्यक सोधपुछ गरेको र पछि बुझ्न खोज्दा आफुहरु सिडियो कार्यालयबाट आएको भन्दै शंकास्पद गतिविधि गरेको आरोपमा विद्यालय प्रशासनले प्रहरीको सहारा लिनु परेको बताईएको छ । विद्यालयका प्रधानाध्यापक भल बहादुर अधिकारीका अनुसार आफुलाई कहिले सिडियो कार्यालय मलंगवा, कहिले जलेश्वरको चौथो तहको कर्मचारी भन्दै धाक धम्कि दिई अनावश्यक सोधपुछ गर्दै गरेको अवस्थामा शंका लागी ईलाका प्रहरी कार्यालयमा खबर गरिएको र प्रहरीले उनिहरलाई पक्राउ गरेको छ । सिडियो कार्यालयमा बुझ्दा त्यो नामको कर्मचारी कार्यालयमा नरहेको जानकारी पाएपछि प्रहरीको सहारा लिनुपरपेको प्रधानाध्यापक अधिकारीले बताए ।

विद्यार्थी भर्ना हुने समयमा यस्ता खालका तत्वहरु सक्रिय हुनु र भ्रम सिर्जना खोज्नु गलत भएको नगरपालिकाको बुझाई छ । लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले यस्ता खालका गतिविधिलाई निरुत्साहित गर्नु जरुरि रहेको धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय लालबन्दी नगरपालिका शिक्षा र स्वास्थ्यको हवको रुपमा विकाश हुँदै गएको छ ।

यस्तो वेलामा यो खाल्को गतिविधिले प्रश्रय पाउनु नहुने यहाँका कतिपयको बुझाई छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।