एसईईको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

135
Friendship Mobile

सर्लाही | माध्यामिक शिक्षा परीक्षा एसईई को परीक्षा तालिका (रुटिन) प्रकाशित भएको छ । 

बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही बमोजिमको परीक्षाको समयतालिका विहीवारको गोरखापत्रमा प्रकाशित गरिएको हो । बोर्डको वेबसाइटमा पनि परीक्षा तालिका हेर्न सकिनेछ । 

स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । बोर्डले विद्यार्थीलाई २ महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।