सर्लाहीमा शनिवार मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, लागुऔषध र चोरीको आरोपमा ४ पक्राउ

346
Friendship Mobile

सर्लाही | धनकौलमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।

शनिवार राती साँडे ८ बजेको समयमा धनकौल गाउँपालिका २ मधुवनी नराँरोड सडकखण्डमा बरहथवाबाट कौडेना जाँदै गरेको मोटरसाईकल अनियन्त्रित भई लंगडा पुलमुनी खसेको थियो ।

प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाईकल पुलमुनी खस्दा कौडेना गाउँपालिका ३ बस्ने बर्ष ३५ का मोटरसाईकल चालक मनोज चौधरिको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको थियो भने पछाडी बसेका सोहि गाउँपालिका ५ नम्बर वडाका बर्ष १८ का दिपेश मुखियाको बाँया हात भाँचिएको अवस्थामा बरहथवास्थित भेनस अस्पतालमा उपचारका लागी लगीएको थियो ।

उपचारका क्रममा चालक चौधरिको राती ९ बजेतिर मृत्यु भएको र अर्का घाईते मुखियाको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त सुचना अधिकारि प्रहरी निरिक्षक जटाशंकर यादवले जानकारि दिनुभयो ।

त्यसैगरि शनिवार बिहान १ बजेतिर हराएको मोटरसाईकल सहित प्रहरीले बागमतिका २ जनालाई पक्राउ गरेको छ । बागमति नगरपालिका ९ बाट ज ६ प २६०४ नम्बरको मोटरसाईकल हराएको भन्ने सुचना पाएको प्रहरीले खोजतलास गर्ने क्रममा सोहि वडाको जंगलबाट लुकाईराखेको मोटरसाईकल र २ जनालाई बिहान ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानिय १९ बर्षिय बिनोद महतो र बर्ष १८ का अनिल कुमार यादन छन । उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिवार राती १० बजेको समयमा करिव साँडे ९ केजी लागुऔषध गाँजा सहित प्रहरीले ब्रम्हपुरी गाउँपालिकाका २० बर्षिय तमने साह र बर्ष १८ का मोहम्मद शेराजलाई पक्राउ गरेको छ ।

उनीहरुलाई नवलपुरबाट मलंगवातर्फ बिआर ३० डब्ल्यु ६५६४ नम्बरको मोटरसाईकलमा चामलको सेतो बोरामा गाँजा लुकाई छिपाई लैजाँदै गर्दा शंका लागी चेकजाँच गर्दा जुटपानी नहरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सुचना अधिकारि ईन्स्पेक्टर यादवले जानकारि दिनुभयो ।

उनीहरुलाई ९ केजी ४०० ग्राम गाँजा, मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।