निजगढ : ८ हजार ८ सय ४७ मत गणना हुदाँ मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता

350
Friendship Mobile

बारा : बाराको निजगढको ५ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नं. ८,१०, ११, १२ र १३ को ८ हजार ८ सय ४७ मतगणना सकिदा गठबन्धका मेयर पदका उम्मेदवार र एमालेका उपमेयर पदका उम्मेदवारले अग्रता लिएका छन् ।

मेयर पदमा गठबन्धनका उम्मेदवार सुरेश कुमार खनालले २ सय ९१ मतले अग्रता लिएका छन् । उनले तीन हजार ७ सय १२ मत ल्याएका छन् भने उनलाई एमालेका उम्मेदवार सुरथ पुरीले तीन हजार ४ सय २१ मतसहित पछ्याई रहेका छन् ।

त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले १ सय ६४ मत सहित अग्रता लिएकी छिन् । उनले ३ हजार ४ सय ५ मत ल्याउँदा गठबन्धनका रविराज दंगालले तीन हजार २ सय ३१ मत प्राप्त गरेका छन् ।