प्रधानमन्त्री शेर बहादुर देउवा, प्रचण्ड र नेपालद्वारा निर्माणाधीन निजगढ विमानस्थल निरीक्षण

310
Friendship Mobile

प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका छन् ।

निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेताहरु सो क्षेत्र पुगेका हुन्।

प्रधानमन्त्रीसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी लगायतका नेताहरुले सो क्षेत्रका निरीक्षण गरेर आजै काठमाडौ हेलिकप्टर मार्फत फर्किएका छन् ।