फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने प्रलोभन दिने उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

89
Friendship Mobile

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उलंङ्घन भएकोको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग २४ घन्टाभित्र स्पष्टीकरण सोधेको छ। आचारसंहिताको उल्लंघन हुने गरी फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने प्रलोभन दिएर प्रचारप्रसार गरेपछि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको हो।

annapurna post

बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको भन्दै श्रेष्ठलाई निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारालगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको छ।