लायन्स क्लबद्वारा विपन्न परिवारलाई सिरक वितरण

116
Friendship Mobile

बारा / निजगढ

       निजगढका लायन्स क्लबहरुले माघ ८ र ९ गते निजगढका विभिन्न वडाका अतिविपन्न परिवारमा सिरक वितरण गरेका छन ।

लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगगढ पिस, लायन्स क्लब अफ निजगढ सिटी, लायन्स क्लब अफ निजगढ युथ, लायन्स क्लब अफ बारा ग्यालेक्सी र लायन्स क्लब अफ महागढीमाईले निजगढ नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ७, ९, १० र १३ मा १ सय २६ थान सिरक संयुक्त रुपमा वितरण गरेको हो । लायन्स क्लबले यस अघि पनि विभिन्न विधामा रहेर सहयोगहरु गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउछन लायन्स क्लबका जोन चेयर पर्सन पवन श्रेष्ठ । 

सिरक वितरण कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा र सो वडाका वडा सदस्यहरुले विपन्न परिवारलाई सिरक सहयोग गरेकोमा लायन्स क्लब निजगढलाई धन्यवाद दिएका थिए ।

यसै बीच हिजो पनि लायन्स क्लब .निजगढले निजगढ नगरपालिकाको सिगौलका विपन्न परिवारमा ३० जनालाई सिरक वितरण गरेको थियो । क्लबले निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ का अति विपन्न १०/१० गरी ३६ परिवारलाई हिजो न्यानो सिरक वितरण गरेको हो ।  

सिरग वितरण कार्यक्रममा एडिस्नल क्याबिनेट ट्रेजर दीपेन्द्र श्रेष्ठ, एरिया कोर्डिनेटर होम प्रसाद न्यौपाने, डिस्ट्रिक चियर्स पर्सन खड्ग प्रसाद उप्रेती, जोन चियर्स पर्सन पवन श्रेष्ठ, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट अरुण सर्राफ , लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट विनोद घिमिरे, लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट विष्णुगोपाल रिसाल, लायन्स क्लब अफ निजगढ युथका प्रेसिडेन्ट जनक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । क्लबले यस अघि पनि हजारौँ थान विभिन्न प्रजातिका रुखका विरुवा र अतिविपन्न विद्यार्थिहरुलाई झोला वितरण , मेघा हेल्थ क्याम्प, महिला प्रजनन् स्वास्थ्य सम्बन्धी धेरै सामाजिक कार्यहरू गर्दै आएको छ ।