लालबन्दी, २६ जेठ । तराईको चर्को घाम र उखरमाउलो गर्मिबाट साना साना विद्यार्थीलाई बचाउन एक समाजसेवीले विद्यालयलाई पङ्खा सहयोग गरेका छन ।
सर्लाहीको लालबन्दी १५ मा रहेको सिद्धेश्वर प्राथमिक विद्यालयमा अध्ययनरत कलिला विद्यार्थीलाई पठन पाठनमा सहज होस भनेर पङ्खा प्रदान गरिएको दाता बिक्रम खड्काले बताए । लालबन्दीको मरिण जाने बाटोमा रहेको गढिमाई ट्रेडर्सका संचालक रहेका समाजसेवी खड्काले आफुलाई त्यहाँका शिक्षाप्रेमी र शिक्षिकाहरुबाट पङ्खा सहयोग गरिदिन गरिएको आग्रह अनुसार आफुले सानो सहयोग गरेको खड्काले प्रतिकृया दिए ।

गर्मिको समयमा पङ्खा सहयोग गरेकोमा विद्यालय परिवारले खड्कालाई धन्यवाद प्रदान गरेको थियो । आज बिहान विद्यालय प्राङ्गणमा गरिएको एक औपचारीक कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दल बहादुर परियार (रामहरी)ले दाता खड्कालाई धन्यवाद दिए । विद्यालयलाई पङ्खा हस्तान्तरण गर्दै खड्काले राम्रो सँग पढ्न, नियमित विद्यालय आउन र ज्ञानी हुन आग्रह गर्दै त्यसो गरेमा आफुले विद्यालय झोलासमेत प्रदान गर्ने आश्वासन दिएका थिए । खड्काको कुरा सुनेर खुसि भएका विद्यार्थीले उनको कुरामा समर्थन जनाउँदै तालि बजाएका थिए ।
पछिल्लो समय विपन्न परिवारका बालबालिकाको मात्रै अध्ययनको थलो बनेको सामुदायिक विद्यालयका विद्यार्थीहरु उखरमाउलो गर्मि, कापि कलम, विद्यालय झोलाको अभाव लगाएत समस्यासँग जुध्दै विद्यालय पुग्ने गरेका छन ।








