२०८३ भाद्र १२ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १२ शुक्रबार

चर्चित गायीका सुनुवार लोक तथा दोहोरीगीत प्रतिष्ठान रामेछापको अध्यक्षमा चयन

सर्लाही । चर्चित गायीका कल्पना सुनुवार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा चयन भएकी छिन् । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा अर्जुन पूर्वेली, द्वितीय उपाध्यक्षमा पम्फा मगर र महिला उपाध्यक्षमा सम्झना गौतम चयन भएकी छिन् । सचिवमा अनिता कुमारी थापा मगर, सहसचिवमा प्रतिभा बोहरा, कोषाध्यक्षमा विशाल केसी तथा सह कोषाध्यक्षमा हिरामाया बिक निर्वाचित भए ।

त्यसैगरी सदस्यहरूमा गीता कार्की, सुशीला बुढाथोकी, सुवास कार्की, विक्रमकुमार श्रेष्ठ, मनिष राउत, धर्मेन्द्र सेन्चुरी, मिरा सेन्चुरी, नवराज खड्का, छत्रबहादुर नेपाली, दीपक लाखे, राजकुमार श्रेष्ठ, किशोर सेन्चुरी, भानुभक्त सेन्चुरी र रिचा अधिकारी चयन भए ।

नवनिर्वाचित कार्यसमितिले रामेछापको मौलिक लोककला, लोक तथा दोहोरीगीत र सांस्कृतिक सम्पदाको संरक्षण एवं प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै कलाकारको क्षमता विकास, सिर्जनात्मक गतिविधिको विस्तार तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी र सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ।

यसैबीच राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापले आफ्नै जिल्ला कार्यालय सञ्चालनमा ल्याएको छ। सदरमुकाम मन्थलीस्थित होटेल पाहुनाघर भवनमा कार्यालयको आइतबार बिहान प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले रिबन काटेर औपचारिक उद्घाटन गरिन्।

कार्यालय सञ्चालनमा आएसँगै जिल्लामा लोक तथा दोहोरीगीत, मौलिक कला र संस्कृतिको संरक्षण, कलाकारको क्षमता अभिवृद्धि तथा संस्थागत गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सहज हुने विश्वास प्रतिष्ठानले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।