श्रीमानले अण्डा नल्याएको भन्दै श्रीमती पोइल गइन !

325
Friendship Mobile

एजेन्सी | संसारमा विचित्रका घटनाहरु सुनिन्छन | हालै छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित गोरखपुर जिल्लामा अचम्मको घटना भएको छ | विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घटनाहरु यदाकदा सुनिन्छन |

श्रीमानलाई छोडेर पोइल गएका घटना त सुनिन्छन तर रोचक त् के भने, पोइलजानुको कारण अण्डासमेत बन्दो रहेछ | लोग्नेले अण्डा नल्याइदिएको निहुँमा एकजना महिला पोइल गएकी छिन्। गोरखपुरको क्याम्पियरगञ्ज गाउँमा बस्ने ती महिला ४ महिना पहिले पनि प्रेमीसँग भागेर केही दिनपछि घर फर्किएकी थिइन् | तर यो पाला चाहीँ अण्डाको निहुँमा उनले लोग्नेलाई छाडेर प्रेमीसँग पोइल गएरै छाडिन् |

चार महिनाअघि आफू भागेको त्यो घटनाका बारेमा पुलिससँग बयान दिने क्रममा ती महिलाले अण्डा खान नपाएकै कारण आफू लोग्नेसँग बेखुस भएको खुलासा गरेकी थिइन्। उनका अनुसार लोग्नेचाहिँले उनलाई अण्डा खान नदिएका कारण उनलाई निकै चित्त दुखेको रहेछ।

गत शनिवार पनि अण्डाकै विषयमा उनको लोग्नेसँग झगडा पर्यो र घरबाट निस्किन्। उनका प्रेमी पनि आफ्नो घरमा नभएका कारण उनी प्रेमीसँगै पोइल गएको अनुमान गरिएको छ | ती महिलाका पतिले दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका थिए। त्यसैले परिवारका लागि दिनहुँ अण्डा किनेर ल्याउन नसकेको उनले बताए |

आफ्नो यहीँ कमजोरीको फाइदा उठाउँदै पत्नीको प्रेमी बेला बेलामा अण्डा लिएर आफ्नो घरमा आउने गरेको पनि उनी बताउँछन् |