आस्था राउतको ‘यानी माया’ सार्वजनिक

523
Friendship Mobile

गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा महाराज थापाले एरेन्ज गरेका हुन् ।


कविता नेपाली, गौरभ बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको भिडियोमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ । वरिष्ठ लोकगायक हरि बहादुर राउत र म्युजिक नेपालको संयुक्त लगानीमा तयार भएको ‘यानी माया’को भिडियो निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमले गरेको छ । 

नेपाली सांगीतिक बजारमा फरक पहिचान कायम गरेकी आस्थाको केही समय अघि ‘फाट्यो नी माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको थियो । ‘यानी माया’ युवा पुस्तालाई मनपर्ने गीत बनेको आस्थाको भनाई छ ।