बृन्दावन नगर प्रमुख यादवलाई मातृ शोक

329
Friendship Mobile

कार्तिक २, रौतहट । बृन्दावन नगरपालीकाका प्रमुख रामस्नेहि यादवलाई मातृ शोक परेको छ । नगरप्रमुख यादवको आमा मन्तोरियादेवि यादवको शनिवार बिहान ८० बर्षको उमेरमा निधन भएको हो । उनको शनिवार नै अन्त्यष्टि गरिएको छ ।

अन्त्यष्टिका समयमा बृन्दावन नगरपालीकाका नेपाली कांग्रेस जिल्ला सभापती कृष्ण यादव, संबिधानसभा सदस्य जितेन्द प्रसाद यादव ‘सुनिल’, क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिना, क्षेत्र नं. ३ का प्रत्यासि बिद्यायक राम नारायण यादव, गढिमाई नगरपालीकाका मेयर स्याम यादव, जिल्ला सदष्य वाल्मिकी यादव लगाएत सयौंले सहभागीता जनाएका छन ।

मृतक मन्तोरियादेविको शवलाई नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरिएको केन्द्रिय सचिवालय सचिव गनिलाल प्रसाद यादवले बताएका छन ।