गोडैतामा जेष्ठ नागरिक र एकल महिलाहरूलाई कम्बल वितरण

218
Friendship Mobile

सर्लाहीको गोडैता नगरपालिकाले  तराईमा जाडो  बढेको भन्दै जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ ।

गोडैता नगरपालिका वडा नम्बर – ११ माधोपुरमा बुधबार एक कार्यक्रमका बिच उक्त वडाका सबै जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई नगर प्रमुख देवेन्द्र यादवले  न्यानो कपडा (कम्बल) वितरण गर्नु भएको हो ।

नगर उपप्रमुख , वडा नम्बर – ११ का वडाध्यक्ष, वडा सदस्य लगायत स्थानीयबासीहरुको उपस्थितिमा उनीहरूलाई न्यानो कपडा (कम्बल) बितरण गरिएको गोडैता नगरपालिकाको कार्यालयले जनाएको छ  ।