नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको १० औँ साधारणसभा सदरमुकाम मलंगवामा सम्पन्न

506
Friendship Mobile

नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको १० औँ साधारणसभा शनिवार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य रहनुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, केन्द्रीय सचिव सितल महतो, केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र चौहान, विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सांसद अशोक यादव, संजय यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक संतोष सिंह राठौर, शसस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साह, उप-प्रमुख सबनम मिकरानी, गोडैता नपा प्रमुख देवेन्द्र यादव, वसवरीया गाउँपालिका प्रमुख,  जिल्ला समन्वय समितीका सभापती मेथुर चौधरि सहित जिल्लाका उच्च ओहदाका ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

साधारणसभालाई औैपचारिक रुपमा उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष आचार्यले जनताको हक अधिकार र समाजमा घटेका यथार्थ घटनाको समाचार बनाएकै कुरालाई लिएर पत्रकारलाई जेल सजाय र दण्ड जरिवाना गराउने खालका कानुन समाप्त गरि प्रेस पुर्ण रुपमा स्वतन्त्र नभए सम्म देशमा संघीयता र लोकतन्त्र स्थापित नहुने बताउनुभएको थियो । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष पोखरेल, केन्द्रीय सचिव महतो, केन्द्रीय कोषाध्यक्ष मिश्र, प्रदेश कमिटी अध्यक्ष चौहान लगायतका अतिथीहरूले पनि प्रेस स्वतन्त्रताको वकालत गर्दै पत्रकारहरूको हक–अधिकारको बारेमा आ–आफ्नोे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सर्लाही शाखाको वर्तमान जिल्ला कार्यसमितिको तर्फबाट शाखाको स्थापनाकाल देखिका ५ जना पुर्व अध्यक्षहरु क्रमश: चुडामणि वाग्ले, शंकर श्रेष्ठ, कृष्ण एस्माली, रोशन न्यौपाने र अमन कोइरालाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो। उहाँहरुले आ–आफ्नो कार्यकालमा जिल्लाका श्रमजीवी पत्रकारहरुको हकहित र पत्रकारिता विकासको लागि खेल्नु भएको भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।

साथै महासंघ सर्लाही शाखाको आफ्नै भवन नभएको अवस्थामा निजी भवन निर्माणका लागि जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको अर्धनिर्मित भवनसहित जग्गा महासंघ शाखा सर्लाहीको नाममा हस्तान्तरण गरेर सहयोग पु¥याएको भन्दै जिल्ला समन्वय समितिका सभापति चौधरीलाई समेत कार्यक्रममा सम्मानित गरिएको थियो ।

साधारणसभामा अध्यक्ष ठाकुर, सचिव श्रवण थापा, उपाध्यक्ष बख्तियार अलिले बन्दसत्रमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो भने कोषाध्यक्ष राम गोबिन्द यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदमा सर्बसहमती पछि कार्यक्रम सौहार्दपुर्ण वातारणमा सम्पन्न भएको महासंघका सर्लाही जिल्ला सह–कोषाध्यक्ष अर्चना झाले बताउनुभयो ।