राष्ट्रहित विपरीत र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ : राप्रपा

373
Friendship Mobile

राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने बताएका छ । राप्रपाले उक्त अध्यादेश राष्ट्रहित विपरीत भएको भन्दै फिर्ता हुनुपर्ने बताएको हो । 

नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा अध्यादेश आउनु गलत भएको राप्रपाको धारणा छ । 

राप्रपाका अध्यक्ष कमल थापाले उक्त अध्यादेश राष्ट्रहित विपरीत र आपत्तिजनक भएको भन्दै फिर्ता हुनुपर्ने बताए । 

सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जारी गरेको अध्यादेशको थापाले भत्र्सना गरेका छन् ।