ढिके नुनको प्रयोग गर्ने अझै, आयोनुनको फाईदाको बारेमा बेखबर

359
Friendship Mobile

सुबिधा सम्पन्न मानिने तराईका कतिपय ग्रामिण बस्तिहरुमा अझै पनी आयोडिन नुनको सट्टा ढिके नुनको प्रयोग हुने गरेको पाईएको छ । खुला रुपमा पाईने ढिके नुनले मानिसको शरिरलाई हानि गर्छ भन्ने चेतनाको कमिका कारण पनी ढिके नुनको प्रयोग भईरहेको जानकारहरु बताउँछन् ।

सर्लाहीको लालबन्दी नगरपालीका १५ का धन बहादुर थामि भन्छन, ‘बाख्रा बस्तुलाई दानामा मिलाएर खुवाउनका लागी ढिके नुन प्रयोग गरिने भएकोले आफुहरुले समेत सोहि नुन खाँदै आईरहेका छौँ ।’ आयोनुनको तुलनामा स्वादमा केहि भिन्नता हुने भएकोले पनी ढिके नुनको प्रयोग हुने गरेको उनको कथन छ ।

छिमेकी मुलुक भारत सँग सिमा जोडिएका सर्लाही सहित तराईका जिल्लाका सिमावर्ती गाउँमा समेत ढिके नुनको प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको बताईन्छ । गाउँघरमा आयोडिनयुक्त नुनको प्रयोगको चेतनाको अभावले पनी ढिके नुनको प्रयोगमा कमि आउन नसकेको बसबरिया गाउँपालिका धनगढाका प्रदिप यादवले बताए ।

सरकारले ‘दुई बालबालिकाको चिह्न अंकित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनिरहँदा साल्ट  ट्रेडिङ कर्पोरशनद्वारा वितरित आयोडिनयुक्त नुनको प्रयोगमा भने कतिपय बेखवर छन । आयोडिनयुक्त नुनको प्रयोगले आयोडिनको कमीबाट हुने रोगबाट बचाउने काम गर्छ । नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पु¥याउँछन् ।

चिकित्सहरुको भनाई अनुसार दैनिक २३०० मिलिग्राम या त्योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुन्छ । यो भनेको दैनिक एक चम्चा हो । तर विश्वका ९० प्रतिशतभन्दा बढीमानिस त्योभन्दा निकै बढी नुन सेवन गर्छन् । नुनको बढी सेवनले उच्च रक्तचाप बढाउने र त्यसबाट हृदयाघात र स्ट्रोकको समस्या बढाउने पनि खतरा हुन्छ ।