नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाको बार्षिक साधारणसभा सम्पन्न

184
Friendship Mobile

बागमतीमा मंगलवार नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाको बार्षिक साधारणसभा गरिएको छ ।

सर्लाहीको बागमती नगरपालीका स्थित पुलतीचोकमा रहेको ह्यारिसन होटल एण्ड पार्टी प्यालेसको हलमा बार्षिक साधारणसभा गरिएको हो । शाखाका जिल्ला अध्यक्ष श्रवण थापाको अध्यक्षतामा भएको साधारण सभामा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्री लगायत अन्य संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा महान पर्वहरुको शुभकामना साटसाट समेत गरिएको नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाका कोषाध्यक्ष प्रकाश मैनालीले जानकारि दिए ।