गोडैतामा दुई दिने सद्गुरु कबिर ज्ञान महायज्ञ सम्पन्न

518
Friendship Mobile

राधेश्याम कुशवाह : सर्लाहीको गोडैता नगरपालिकामा मानव जिवन कल्याण हेतु दुई दिने सद् गुरु कबिर ज्ञान महायज्ञ सम्पन्न भएको छ । गोडैता नगरपालिका वार्ड न. ३ सिमरा भगवतिपुर स्थित महत्मा विजय साहेब को निवासमा ग्राम संत समाजको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

वि.स. २००५ देखि प्रत्येक बर्ष आशिवन पुर्णिामाको अवसरमा निरन्तर हुदै आएको महायज्ञ प्रवचन कर्ता रामस्वरुप साहेबको प्रमुख अतिथ्यतामा पहिलो दिन सतसंग, प्रवचन आरती भजन र दोस्रो दिन नगरपरिक्रमा, भजन र सतसंग भएको महत्मा विजय साहेब ले जानकारी दिनुभयो ।

महायक्षको दोस्रो दिन मास मदिरा छोडदो, प्रभुसे नाता जोरलो नहि पिएंगे नही पिएंगे, ईन्सानोके तरह जिएंगे, तन मनका करता कौन खराब, मास मछली अण्डा और शराब र तनमनके करता कौन भलाई, साग सब्जी दुध और मलाही लगायत धार्मिक मुल नारा प्रयोग गरी नगर परिक्रममा गरिएको छ । सद् गुरु कबिर सम्पूर्ण मानव जातिको एकताको प्रतिक रहेको महत्मा विजय साहेब बताउनुभयो । उहाँको ज्ञान, उपदेश सम्पुर्ण मानव कल्याण लागि अपरिहार्य रहेका छन, उनले भने ।

गलत कर्म, बैमानी, कसैप्रति गलत कदम, नियत र द्रोहले कहिल्यै शान्ति र मुक्ति नपाउने हुदाँ जिव हत्या, हिंसा, माछ, मछली, अण्डा र दारु शराब छोडी मानवता धर्मको पालना गर्न आव्हान गरे । सबै धर्मको मूल सार सम्पूर्ण मानव कल्याण र एक रहेपनि धर्मगुरु र धर्मका ठेकेदारले आफनो व्यक्तिगत स्वास्र्थ परिपूर्तिका लागि धर्ममाथि राजनितिक गरेको आरोप समेत लगाए । फलस्वरुप विश्वमा समयमा धर्म र मजहबको नाममा विध्वसंक हिंसा, झडप हुने गरेका छन, र त्यसमा परेर हजारौं निर्दाेष नागरिकले ज्यान गुमाउन पुगेका छन ।

धर्मको नाममा मानवता नै नाश हुने चलखेल भईरहेका छन, मानव नरहे धर्म आफैं लुप्त हुने भएकाले मानव र मानवता रक्षाको लागि जोडदिनुभयो । मानव कल्याण र मानवताको मार्गमा हिडँने व्यक्ति स्वयमा भगवान तुल्य हुने जिकिर समेत गर्नुभयो । कबिर धर्म सभा जिल्ला अध्यक्ष महत्मा विजय साहेबको सान्ध्यिमा सम्पन्न भएको महायक्षमा संत कुमार महतो, राम ईश्वर महतो, रामसोगारथ महतो, कैलास महतो, सुरेश महतो, नरेश महतो, चौधरी राय, अरुण राय, धुरण साह, सिताराम महरा, सतलाल पासवान लगायत सम्पूर्ण ग्रामवासीले सहयोग गरेका थिए ।

प्रमुख अतिथि प्रवचनकर्ता भारतको सितामढी जिल्ला कुथैया मठ निवासी महत्मा रामस्वरुप साहेब, अतिथि मुजफरपुर निवासी महत्मा देवलाल साहेब, मधुवनी जिल्ला निवासी गायिका कुनी दासी, बरहथवा निवासी महत्मा गुपा नंद साहेब, मेजरगंज मलाही निवासी संत शिक्षक ओपेन्द्र साहेब, डा. सुरेन्द्र साहेब, मलंगवा निवासी संत राजुकमार साहेब लगायत देश विदेशका महत्मा संतहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कबिर उपदेश : हिन्दु मुस्लिम सिख ईसाई, हम सब है भाई भाई ! कविरा यह संसारमे पाँच रत्न है सार, दया, सेवा बन्धनी, प्रेम सदा उपकार ! विणु पावनके पन्थ है, विण वस्ती वह देश विना देशके पुरुष है कह कविर यह संदेश !

हिन्दु कहु तो है नही, मुस्लमान कोई नाए, पाँच तत्वके पुत्ला गैवी खेले माए ! आए एक हि देशसे उतरे एक हि घाट, हवा लगे संसारके हो गए बारह बाट !