तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडियो सहित ३ को जिम्मेवारी खोसियो

222
Friendship Mobile

सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।

सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।