किसानको समृद्धि बिना कृषिमा आत्मनिर्भर हुन सम्भव छैन : कृषि मन्त्री यादव


कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले राजनीतिले कृषि क्षेत्र बिग्रेको बताएका छन् ।
४१ औं विश्व खाद्य दिवसको अवसरमा कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, पार्टीअपिच्छै किसानका संगठनहरु रहेकाले त्यसले किसानलाई विभाजित गरेको उनले बताए ।
किसानको समृद्धि बिना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने मन्त्री यादवले बताए ।
उनले भने, सोही कारण बेमौसी वर्षाबाट प्रभावित किसानको लागि सरकारले पाँच अर्व रुपैयाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उनले जनाए ।
“हाम्रो पहल: उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि” भन्ने नाराका साथ ४१ औं विश्व खाद्य दिवस शुक्रबार मनाइएको हो ।