२०८३ भाद्र ४ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ४ बिहीबार

सर्लाही | भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। 

देउवा यही पुस २५ गते भारत जाने तयारी थिए। देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो। 

गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए। 

काठमाण्ठौँ | काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा) ले बतास समूहसँग आफ्नो कुनै आबद्धता नरहेको बताएकी छन् ।

सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उनले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएकी हुन् ।

उनले आफू विभिन्न ६ वटा संस्थामा बाहेक अन्यत्र कतैपनि आबद्ध नभएको दावी गरेकी छिन् ।

काठमाडौं | नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । 

कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजैबाट भेटघाट बन्द गरेका छन् । 

कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आईसोलेशनमा बस्न लागेका हुन् ।

विज्ञप्ति :

आदरणीय कमरेडहरु तथा शुभेच्छुक मित्रहरू,

पार्टीको ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन सफलतापुर्वक सम्पन्न भएको र अध्यक्ष कमरेड प्रचण्ड पुनः अध्यक्ष निर्वाचित हुनुभएकोमा सम्पुर्ण राजनैतिक शक्ति, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, सम्पुर्ण पार्टीपंक्ति तथा शुभेच्छुकहरुद्वारा व्यक्त गरिएको बधाई तथा शुभकामनाको लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ। 

हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं। केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।

– स्वकीय सचिवालय

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ ।

उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर उद्योग मन्त्रालयमा मूल्य निर्धारणको सिफारिस गरेको थियो । किसानले भने ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गर्दै आएका छन् । उद्योगीहरुले भने ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने अडान राख्दै आएका थिए ।  

उखुको मूल्य निर्धारण नहुँदै उखु किसानले चिनी मिलमा आफ्नो उखु दिन सुरु गरेका थिए ।

देशका विभिन्न जिल्लाको प्रमुख नगदे बालिको रुपमा रहेको उखुको मुल्य कायम गर्न गरिएको वेवास्ता प्रति नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले बिज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार पार्टीका सर्लाही जिल्ला संयोजक सुरेन्द्र लामाद्वारा जारि बिज्ञप्तिमा भनिएको छ, ‘वर्षको एक पटक विक्री गरेर वर्ष भरीको खर्च धान्नु पर्ने उखु किसानहरु अहिले समस्यामा छन । अझ साना किसानहरुलाई यसवाट ठुलो संकट परिरहेको छ ।’

बिज्ञप्तिमा पार्टीले तत्काल उखुको उचित मुल्य कायम गरि किसानलाई न्याय दिन जोडदार माग गरिएको छ । मूल्य तय नहुदै किसानले उखु काट्नु पर्ने वाध्यता श्रृजना हुनु आफैमा खेदजनक काम भएको र सर्लाहीको दक्षिणी क्षेत्र सहित कतिपय स्थानमा अझ पनि उखुको पुरानो भुक्तानी हुन नसक्नुले राज्य र चिनी उद्योगीहरुको किसानमारा नीति स्पष्ट भएको पार्टीले जनाएको छ ।

साथै पार्टीले किसानको भुक्तानी नदिने उद्योगहरुको खाता र सम्पति रोक्का गर्न नेपाल सरकारले थालेको पहलको स्वागत गरेको छ ।

सर्लाही | लालबन्दीमा रहेको जनज्योती बहुमुखि क्याम्पसको प्रमुखमा उमेश तिमल्सिना नियुक्त हुनु भएको छ ।

बिद्यालय ब्यवस्थापन समितीको सोमवारको बैठकले तिमल्सिनालाई क्याम्पस प्रमुख बनाउने निर्णय गरेको हो । यस अघिका क्याम्पस प्रमुख पाध्यापक डा. रेवती प्रसाद न्यौपानेले राजिनामा दिएपछि बिद्यालय ब्यवस्थापन समितीले तिमल्सिनालाई क्याम्पस प्रमुख बनाएको हो ।

डा. न्यौपाने क्याम्पस प्रमुख हुनु अघि तिमल्सिना निमित्त क्याम्पस प्रमुख रहनुभएको थियो । क्याम्पसको प्रमुखमा नियुक्त भईसकेपछि तिमल्सिनाले आफ्नो कार्यकालमा गुणस्तरिय शिक्षामै जोड दिने बताउनु भएको छ । उहाँले नियमित कक्षा संचालन र क्याम्पसको पास हुने प्रतिशतलाई बृद्धि गर्ने आफ्नो लक्ष्य रहेको समेत सुनाउनुभयो ।

१५ बर्षदेखि निरन्तर अध्यापन पेशामा रहनुभएका शिक्षक तिमल्सिना ३ बर्षे कार्यकालका लागी क्याम्पस प्रमुख बन्नु भएको हो ।

ब्यवस्थापन समितीको बैठकले पा.डा. न्यौपानेको राजिनामा स्विकृत गर्दै तिमल्सिनालाई क्याम्पस प्रमुख र धर्मेन्द्र अधिकारिलाई उप–प्रमुखमा नियुक्त गरेको छ ।

सर्लाही सहित तराईका जिल्लामा केहि दिनदेखि शितलहर सँगै बढेको कठ्यांग्रीदो जाडोका कारण बिद्यालयहरु धमाधम बन्द हुन थालेका छन ।

अत्यधिक जाडो बढेपछि जिल्लाको लालबन्दी नगरपालिकाले १० दिनका लागी बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै १० दिनका लागि नगरभित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मंगलवार दिईएको १० दिने जाडो बिदा वर्षे बिदामा कटौती हुनेगरी दिन लागिएको नगरपालिकाद्वारा जारि सुचनामा जनाईएको छ ।

काठमाडौं | नेपाल एयरलाइन्स (एनएसी)को जहाजमा यात्रा गर्दा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत छूट पाउने भएका छन् ।

नेपाल एयरलाइन्स र विद्युत प्राधिकरणबीच आज सोमबार यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५ देखि १० प्रतिशत छूटट पाउने छन् ।

काठमाडौँ | संयुक्त राज्य अमेरिकाका केहि राज्यमा मानिसबाट हरिणमा कोभिड १९ सरेको प्रमाण भेटिएको पछिल्ला केहि अध्ययनले देखाएका छन् । अध्ययनका अनुसार नमुना लिइएका मध्ये करिब एक तिहाई हरिणमा सक्रिय वा प्रारम्भिक संक्रमण भएको पाइएको छ ।

वैज्ञानिकहरुले ओहाइयो राज्यमा सेता पुच्छर भएका हरिणका नाकको स्वाब परीक्षण गरेपछि कम्तिमा छ पटक मानिसले तिनीहरुलाई कोरोना भाइरस सारेको प्रमाण फेला पारेको गतसाता नेचरमा प्रकाशित अध्ययनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आइओवामा सडक दुर्घटनामा मारिएका तथा शिकार गरिएका हरिणका शरीरमा गरिएका अनुसन्धानमा पनि व्यापक रुपमा भाइरस फैलिएको प्रमाण फेला पारिएको छ । पत्ता लागेका यी तथ्यहरुले महामारीको पथलाई अझै जटिल बनाउन सक्ने बताइएको छ ।

अमेरिकामा स्वतन्त्र विचरण गर्ने यो प्रजातिको संख्या करिव तीन करोड रहेको छ । एजेन्सी

सर्लाही । नेकपा एमालेवाट वडा कमिटी अध्यक्ष बनेको चौविस घण्टा नवित्दै बागमतीका कुल बहादुर भोलन सुमनले आफु नेकपा एकीकृत समाजवादी पार्टीमा नै आवद्ध भएको विज्ञप्ति जारी गर्नुभएको छ ।

सर्लाहीको वागमती नगरपालिका वडा नम्वर २ धरहराका सुमनले सोमवार एक विज्ञप्ति जारी गरी आफु नेकपा एकीकृत समाजवादीमा नै रहेको वताउनुभएको हो ।

आईतवार नेकपा एमालेको वडा भेलावाट सुमनलाई वडा अध्यक्ष भएको घोषणा गर्दै अविर पहि¥याईएको थियो । त्यसको भोलीपल्ट सोमवार आफ्नै हस्तलिखित प्रेस विज्ञप्ति जारी गर्दै सुमनले मजाक जस्तै गरी आफुलाई कार्यक्रममा वोलाएर अध्यक्ष घोषणा गरेको आरोप लगाउनुभएको छ ।

उहाँले आफु नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटी सदस्य भएको र सोहि पार्टीमा प्रतिवद्ध रहेको हुँदा भ्रममा नपर्न सम्वन्धित सवैमा जानकारी गराएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।