मेष: नयाँ कार्यको योजना बन्नेछ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो बन्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५६, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।
वृष: सरकारी निकायको भय रहला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५४, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। तामसिक भोजन नगर्ने।
मिथुन: शुभकार्यको चर्चा चल्नेछ। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। लक्ष्मी प्राप्तिको योग छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। सुखद यात्राको योग छ।
भाग्यशाली रङ सेतो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७७, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कर्कट: परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ। सोचेको जस्तो सफलता अलि मिल्ने छैन। पुँजी बजारबाट नोक्सानी बेहोर्नु पर्ला। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग छन्।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
सिंह: आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। भोजभतेरमा सहभागी हुनुपर्ला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
कन्या: मनमा निराशा र शरीरमा आलस्य आउला। प्रेममा मनमुटाव आउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
तुला: आँटे-ताकेको कार्य पूरा होला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। प्रतिस्पर्धी परास्त होलान्। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ८१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिक: कार्यसिद्ध हुनेछ। खानपिनसहित रमाइलो कार्यक्रममा सहभागी भइएला। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
धनु: न्यायिक कार्यमा सफलता मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। धर्म तथा समाजसेवामा मन जानेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मकर: मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला। मेहनतअनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुहोला। ‘भविष्यतर्फ केन्द्रित हुने’ संकल्प गर्नुहोला।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन्।
भाग्यशाली रङ निलो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् पशुपतिनाथको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन: नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो हातबाट शुभकार्य गर्न पाइनेछ। विशिष्ट व्यक्तिको साथ मिल्नेछ। आँटे-ताकेको पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने। नेपालखबरबाट
परवानीपुर, १३ असार । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ ले आज वडा भेला गरेको छ । आगामि आर्थीक वर्ष २०८३/८४ को लागी नगरपालिकाबाट विनियोजित रकम कुन कुन शिर्षकमा खर्च गर्ने भनेर वडाबासिसँग राय माग्नका लागी वडा भेला गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष गोरख बलको अध्यक्षता एवम् जिल्ला समन्वय समितीका सदस्य हेम कार्किको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा बिभिन्न राजनितिक दलका वडा अध्यक्ष तथा स्थानीय बासिको बाक्लो उपस्थिती रहेको थियो ।
भेलाको सुरुवातमै वडाध्यक्ष बलले यस वर्ष बडो संघर्षका साथ १ करोड ४५ लाखको हाराहारिमा बजेट ल्याउन सफल भएको र यसलाई सहि तरिकाले बाँडफाँड गरेर कार्य गर्नुपर्ने बताएका थिए । अन्य वडाको भन्दा धेरै बजेट पार्नका निम्ति पटक पटक बैठक बस्नुपरेको बताउँदै वडाध्यक्ष बलले आफ्नो कार्यकालको अन्तिम वर्ष भएकोले सबै पक्ष र क्षेत्रलाई समेटेर बजेट खर्च गरिनु पर्ने बताए । कार्यक्रममा बोल्दै सहभागीहरुले सबै पक्षलाई समेट्नुपर्ने धारणा राखे ।
खानेपानीको समस्या समाधानको लागी विशेष काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसमा ध्यान दिन वडाध्यक्षलाई आग्रह गरे । केहिले विकास निर्माणका काम भएको भएपनि त्यसको पारदर्शितामाथी प्रश्न उठाएका थिए । विद्युत, संचार, सडक, स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रमा पनि बजेट राख्न आग्रह गर्दै वडाबासिले दिगो र पारदर्शि काम गर्न खबरदारी गरेका थिए ।
जनगुनासो र जनचासोलाई सम्बोधन गर्दै वडाध्यक्ष बलले काम गरेकोलाई गरेको भन्न कन्जुस्याईं गर्नु नहुने धारणा राखे । आफु दोस्रो कार्यकालको वडाध्यक्ष भएकोले हालसम्म धेरै काम भएको भन्दै वडाध्यक्ष बलले केहि कामहरु अझै अधुरो रहेको स्विकार गरे । वडा ठुलो भएकैले सबैतिर समान ढंगले काम हुन नसकेको र बजेट पु¥याउन नसकेको प्रति ईंगित गर्दै उनले यसपाली बिकास निर्माणसँगै जनचेतना जगाउने, वडाको डकुमेन्ट्रि बनाउने, वडाको तथ्यांक संकलन गर्ने कार्यमा पनि बजेट राखिने जानकारी गराएका थिए ।
वडाध्यक्ष बलले साविक परवानीपुर गाबिसको समेत उपाध्यक्ष गरि ३ पटक जनप्रतिनिधि भईसकेकाले अब आफुले २०८४ को चुनावमा युवा उम्मेदवारलाई समर्थन गर्नेसमेत बताए । वडा कार्यालय नजिक खाँडादेवी मन्दिर छेउको सार्वजनिक भवनमा वडाभेला सम्पन्न भएको हो ।
फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।
समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । सोही समयमा सेनेगल र इराक पनि आमनेसामने हुनेछन् । यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। यसै समूहको अर्को खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ । दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्।
समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच खेल हुनेछ भने अर्को खेलमा इजिप्ट र इरान आमनेसामने हुनेछन् । यी दुवै खेल बिहान ८ः४५ बजे सुरु हुने तालिका छ । समूह चरणका यी खेलहरूले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने छन् ।
हतारमा खाना खाँदा वा राम्रोसँग नचपाई निल्दा पाचन प्रक्रियामा गम्भीर असर पर्छ। फिजिसियन डा. सीताराम श्रेष्ठका अनुसार, यसले अपच, एसिडिटी, मोटोपना बढाउने र खानाबाट पोषक तत्व अवशोषणमा बाधा पुर्याउने गर्दछ।
बिस्तारै चपाएर किन खाने ?
बिस्तारै-बिस्तारै आरामसित बसेर खाना खानाले सम्पूर्ण स्वास्थ्य ठीक रहनुका साथै अधिक मात्रामा खाने इच्छा समेत कम भएर जान्छ। बिस्तारै खानाले खाएको खाना राम्ररी पच्ने हुँदा शरीरले पर्याप्त मात्रामा पौष्टिक तत्व समेत प्राप्त गर्ने गर्छ।
यसको ठीक विपरीत हतार-हतार तथा छिटो-छिटो खाना खाँदा शरीरको ब्लड सुगरको लेभलमा अचानक तथा लगातार उतारचढाव हुन्छ, जसका कारण इन्सुलिन प्रतिरोधात्मक क्षमता गडबड भई मधुमेहको सम्भावना बढेर जान्छ।
फिजिसियन डा. सीताराम श्रेष्ठका अनुसार हतारमा खाना खाँदा शरीरमा निम्न असरहरू देखिन सक्छन्:
पाचन प्रणालीमा दबाब: राम्ररी नचपाई खाना निल्दा मुखमा पर्याप्त मात्रामा पाचन रस (लार) मिसिन पाउँदैन, जसले गर्दा पेटले खाना पचाउन धेरै मेहनत गर्नुपर्छ।
मोटोपना र मोटोपनाजन्य समस्या: छिटो खाना खाँदा मस्तिष्कलाई पेट भरिएको जानकारी समयमै प्राप्त हुँदैन, जसले गर्दा आवश्यकताभन्दा बढी खाइन्छ र तौल बढ्छ।
एसिडिटी र ग्यास्ट्रिक: हतारमा खाँदा खानासँगै धेरै हावा पनि पेटभित्र जान्छ, जसले पेट फुल्ने, ग्यास्ट्रिक र छाती पोल्ने समस्या निम्त्याउँछ।
मेटाबोलिक क्षमतामा ह्रास: खानालाई शक्तिमा परिणत गर्ने शरीरको प्रणाली (मेटाबोलिज्म) मा नराम्रो असर पर्छ, जसले टाइप-२ मधुमेहको जोखिम बढाउँछ।
पोषक तत्वको कमी: खाना राम्रोसँग नपच्दा शरीरले भिटामिन र खनिजहरू पूर्ण रूपमा अवशोषण गर्न सक्दैन ।
लालबन्दी, ७ असार । सर्लाहीका पत्रकारको क्षमता अभिवृद्धिका लागी संचालित ३ दिने कार्यक्रम आज सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको कार्यक्रम आज सहभागीलाई प्रमाणपत्र वितरण गर्दै समापन गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र पत्रकार उज्वल चौलागाईंले प्रशिक्षण प्रदान गर्नुभएको थियो । जिल्लाका सक्रिय पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले मल्टिमिडिया ट्रेनिङको आयोजना गरिएको पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले बताउनुभयो ।

तालिममा प्रमुख प्रशिक्षक झाले पछिल्लो समय पत्रकारितामा मौलाएको विकृति, पत्रकारिताको धर्म र सिद्धान्त, भाषा, शैलि र शब्द चयन लगाएतको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै पत्रकारितालाई प्रविधिमैत्री बनाउँदै लैजानका निम्ति मोबाईलको प्रयोगका सम्बन्धमा अर्का प्रशिक्षक चौलागाईंले प्रशिक्षण प्रदान गर्नुभएको महासंघले जनाएको छ ।
समापन कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी, प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईंटेल लगाएत महासंघ सर्लाहीका पूर्व अध्यक्षहरुको सहभागीता रहेको थियो ।
लालबन्दी, ६ असार । स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ।
मधेश प्रदेश सरकार, गृह सञ्चार तथा कानुन मन्त्रालय, मिडिया काउन्सिल जनकपुरधामको आयोजना र मधेश प्रदेश सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यमा लालबन्दीस्थित नमस्ते होटलमा कार्यक्रम गरिएको हो । काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरका पत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, व्यावसायिक मर्यादा कायम तथा सञ्चार माध्यमप्रति जनविश्वास बढाउन पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका र दायित्वबारे प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममार्फत सर्लाहीको पत्रकारीताको विश्लेषण, पछिल्लो समय पत्रकारितामा मौलाएको विकृति, पत्रकारिताको धर्म र सिद्धान्त, भाषा, शैलि र शब्द चयन लगाएतको बारेमा प्रशिक्षक झाले चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरसहित पूर्व अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।
लालबन्दी, ६ असार । लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले आउँदो आर्थिक वर्षमा पत्रकारका लागी कार्यक्रम गर्न पुग्ने बजेट राखिदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । शुक्रबारबाट लालबन्दी बजारस्थित नमस्ते होटलमा सुरु भएको पत्रकारका लागी क्षमता अभिवृद्धि तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपमेयर पाख्रिनले त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
उपमेयर पाख्रिनले आफुलाई पत्रकारहरुका लागी पनि बजेट चाहिन्छ भन्ने कुराको जानकारी नभएकोले यस अघिका वर्षहरुमा बजेट विनियोजन हुन नसकेको बताउँदै आउँदो वर्ष कार्यक्रम गर्न पुग्ने बजेट राखिदिने बाचा गर्नुभयो । नगरपाकिालका प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईंटेलको समेत उपस्थिती रहेको कार्यक्रममा उपमेयर पाख्रिनले अहिले बजेट बनाउने बेला भएकोले आफुलाई भेट्न र कार्यक्रम माग गर्न आग्रह गर्नुभयो ।
लालबन्दी नगरपालिकाकै सहयोगमा पत्रकारका लागी ३ दिने कार्यक्रम सुरु भएको छ । महासंघले जिल्लाभरका सक्रिय पत्रकारको सहभागीतामा क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेको हो । तालिममा नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र पत्रकार उज्वल चौलागाईंले प्रशिक्षण प्रदान गर्दैछन ।
तालिम आईतबार समापन हुँदैछ ।
सर्लाही, ६ असार । लालबन्दी नगरपालिकाका २९ जना उद्यमि महिलाहरुलाई नगरपालिकाले प्रविधि हस्तान्तरण गरेको छ । नगरपालिकामा दर्ता भई संचालनमा रहेका ब्युटिपार्लर र टेलरिङ गरिरहेका महिलाहरुलाई सम्बन्धित ब्यवसायीक समान प्रदान गरिएको हो ।
लालबन्दी नगरपालिकाले उद्यमिहरुको २० प्रतिशत लागत सहभागीतामा ब्युटिपार्लरका कटिङ, थ्रेडिङ चेयर र टेलरिङका सिलाई, पिको, इन्टरलक मेसिन प्रदान गरिएको नगरपालिकाको मेड्पा शाखाका वरिष्ट उद्यम विकास सहजकर्ता समिर सुवेदीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान वडा नम्बर ६ को प्रांगणमा उपमेयर कल्पनामाया पाख्रिनको उपस्थितीमा पाँच पाँच जनाको उद्यमि महिला समुहलाई ब्यवसायका लागी आवश्यक समान प्रदान गरिएको हो । उद्यमिलाई समान प्रदान गर्दै उपमेयर पाख्रिनले उद्यमिहरुको आम्दानी बृद्धिको कामना गर्दै अन्य उद्यमिलाई पनि दर्ता प्रकृयामा आउन आग्रह गर्नुभयो ।
साथै आगामि दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक दुई अत्याधुनिक उपचार प्रविधि हेमोपर्फ्युजन (Hemoperfusion) र प्लाज्माफेरेसिस (Plasmapheresis) सेवा सुरु गरेको छ । यी प्रविधिमार्फत बिरामीको रगतमा रहेका हानिकारक पदार्थ, विषाक्त तत्व तथा असामान्य एन्टिबडी हटाएर उपचार गरिन्छ ।
हेमोपर्फ्युजन प्रविधिमा बिरामीको रगतलाई विशेष किसिमको फिल्टरमार्फत प्रशोधन गरी शरीरमा रहेका विष, हानिकारक औषधिका अवशेष तथा विभिन्न रासायनिक पदार्थ हटाइन्छ। यो सेवा विशेषगरी विष सेवन (Poisoning), औषधिको अत्यधिक सेवन (Drug Overdose) तथा गम्भीर संक्रमण (Sepsis) भएका बिरामीका लागि प्रभावकारी मानिन्छ ।
त्यस्तै, प्लाज्माफेरेसिस उपचार प्रक्रियामा रगतको प्लाज्मा भागबाट हानिकारक एन्टिबडी तथा विषाक्त पदार्थ छुट्याएर हटाइन्छ । यो विधि मुख्यतः स्नायु प्रणालीसम्बन्धी रोग, मृगौलासम्बन्धी जटिलता तथा अन्य गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रयोग गरिन्छ ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डा. दीपक पौडेल का अनुसार, यी अत्याधुनिक सेवा सुरु भएपछि पूर्वी नेपालका बिरामीहरूले अब यस्ता उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता कम हुने भएको छ ।
डा. पौडेलले यी सेवाले पूर्वी नेपालमै विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने बताउँदै यसबाट बिरामी तथा परिवारको आर्थिक र शारीरिक बोझसमेत कम हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
विराट मेडिकल कलेजले पछिल्लो समय जटिल तथा गम्भीर अवस्थाका बिरामीलाई लक्षित गर्दै आधुनिक चिकित्सा सेवाको विस्तार गर्दै आएको छ ।
लालबन्दी, ४ असार । सर्लाहीको लालबन्दीमा रहेको लर्डबुद्ध सिप तथा तालिम केन्द्रले ब्युटिसियनहरुको सम्मानमा ‘मिस ब्युटिसियन मधेश २०८३’ कार्यक्रम आयोजना गर्ने भएको छ । केन्द्रले मधेश प्रदेशका ८ वटै जिल्लामा रहेका ब्युटिसियनहरुलाई समेटेर कार्यक्रम गर्न लागेको हो ।
हरेक जिल्लामा १५ वर्षदेखि ब्युटिपार्लर संचालन गर्दै पेशामा आवद्ध ब्युटिसियनहरुलाई सम्मान गर्ने, ३ वटा विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने लगाएतका कार्यक्रम ब्युटिसियनहरुको सम्मानमा गर्न लागीएको केन्द्रका संचालक घमराज श्रेष्ठले जानकारी दिए । ब्युटिसियन पेसा, पेसा मात्रै नभएर समाज परिवर्तन गर्ने पेशा पनि भएकोले उनिहरुको सम्मानका निम्ति कार्यक्रम आयोजना गरिएको श्रेष्ठको भनाई छ ।
यस कार्यक्रमको संयोजक सरु श्रेष्ठ रहेकी छिन । उनि २०८१ को मेकप विजेता हुन । कार्यक्रमको बिषयमा थप बृहत् पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने श्रेष्ठले बताए ।