नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल स्याङ्जाले सोमबार वालिङ् नगरपालिका को बायखोला स्थित सहिद स्मृति भवनमा आफ्नो जिल्ला भेला सम्पन्न गरेको छ। त्यस्तै उक्त भेला मा स्याङ्जा जिल्ला इन्चार्ज रुबेल, युवा संगठन नेपाल गण्डक धौलागिरी संयोजक बिजय स्याङ्जा जिल्ला सेक्रेटरी सागर लगायतले आफ्नो महत्त्वपुर्ण मन्तव्य राख्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अथिती तथा गण्डक ब्युरो सदस्य रुपेश ले नेपालमा सम्सदिय ब्यवस्था पुर्ण रुपमा असफल भएको भन्दै अब नेपालमा बैज्ञानिक समाजबाद तर्फ रुपान्तरण गर्नु पर्ने भएको र त्यसको निमित्त नेपालका सम्पुर्ण प्रगतिशील युवाहरुको महत्त्वपुर्ण भुमिका रहने हुँदा सम्पुर्ण युवाहरूलाई यस संगठन मा आबद्ध रहेर बैज्ञानिक समाजबादको बाटाेमा लामबद्ध भएर अगाडि बढन आग्रह गर्नु भएको थियो। यस्तै भेलाले मक्कन गुरुङको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटि समेत घोषणा गरेको छ।
युवा संगठन स्याङ्जा आयोजक कमिटीका संयोजक मक्कन गुरुङको अध्यक्षता मा संचालक भएको उक्त कार्यक्रममा प्रमुख अथित्यता नेकपा गण्डक ब्युरो सदस्य रुपेश ले गर्नु भएको थियो । त्यस्तै अथितीहरुमा नेपाल कम्युनिस्ट पार्टी का स्याङ्जा जिल्ला इन्चार्ज क. रुबेल, युवा संगठन नेपाल गण्डक ब्यूरो इन्चार्ज बिजय, नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा सेक्रेटरी क. सागर, जनपत्रकार संगठन स्याङ्जा का संयोजक सुदिप भट्टराई लगायत महान जनयुद्धको क्रममा स्याङ्जा जिल्ला बाट सहिद हुनु भएका महान सहिद तथा बेपत्ता योद्धाका परिवार जनको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन अखिल क्रान्तिकारी स्याङ्जाका संयोजक अमृतले गर्नु भएको थियोे ।
सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आईतवार गरेको निर्णयानुसार नगरपालिकाभित्रका विद्यालयमा मंगलवार (बैशाख १४) देखि अर्को आदेश नहुन्जेलसम्मका लागि भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्ने निर्णय गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए । उनले विद्यालय बन्द भएपनि भर्चुअल र अन्य माध्यमबाट भने पठनपाठन गराइने बताए ।
उनले नगरपालिकाको निर्देशन विपरीत कुनै पनि विद्यालयले पठनपाठन सञ्चालन गरे त्यसबाट कुनै क्षति भए त्यसमा विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सीपल जिम्मेवार हुने बताए । जिल्लाका २० स्थानी तहमध्ये लालबन्दी नगरपालिकाले आज पहिलो निर्णय गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको उज्यालो अभियानमा समाचार प्रकाशित छ ।
जंगली हात्तीको समूहले आइतवार राती सर्लाहीको लालबन्दी नगरपालिका ११ बाहुनी भन्ने स्थानमा तीनवटा घरमा सामान्य क्षति पु¥याएको छ ।
शनिवार राती लालबन्दी नगरपालिकाको वडा नं. १६ तिनघरे क्षेत्रमा एक्कासी देखा परेका जंगली हात्तीको समूह गतराती बाहुनी क्षेत्रमा देखा परेका हुन् । राती अचानक हात्ती आएर घरमा क्षति पु¥याउन थालेपछि स्थानीयमा भागाभाग मच्चिएको थियो ।
स्थानीयले खबर गरेपछि प्रहरी र वनका कर्मचारी राती नै घटनास्थलमा पुगेर हात्ती धपाउन सहयोग गरेका थिए । हात्तीले यसअघि तिनघरे क्षेत्रमा पनि केही घर, केरा बगैंचा र फुटबल चौरमा गाडिएको पोलमा क्षति पु¥याएको थियो ।
प्रदेश २ प्रहरी कार्यालयले गएको एक हप्तामा मास्क नलगाउनेहरुबाट जरिवानास्वरुप साढे तिन लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कोरोनाको दोस्रो लहर महामारी फैलिँदै गएपछि स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई सो कारवाही गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयको सूचना संकलन तथा सम्प्रेषण शाखाका प्रवक्ता एवम् सूचना अधिकारी कृष्ण प्रसाईँका अनुसार जरिवानास्वरुप ३ लाख ५२ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएको हो । प्रहरीले कोभिड नियन्त्रणका लागि वैशाख १ गतेदेखि नै विशेषतः सार्वजनिक स्थान सवारी साधनहरुमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिहरुबाट उक्त राजस्व उठेको हो ।
लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् ।
साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या हाल पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ ।
साउन ७ गते यता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दैछन् ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ ।
पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।
लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन् ।
यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।
यस क्रममा प्रादेशिक अस्पतालमा पिसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५०० श्ययाको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ। अब पिसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पु–याइने मन्त्री यादवले बताएका छन् ।
प्रदेशभित्र हालसम्म ६२ हजार २८८ जनाको स्वाब परीक्षण गरिएको छ । यसमा ५४ हजार ७०५ को जाँच नतिजा नेगेटिभ छ। प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार ५३८ छन्। प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या तीन हजार २११ पुुगेको छ। अहिले दुई हजार २३७ आइसोलेसन श्यया छन् । यिनमा ६८० जनाको उपचार हुँदैछ। तीमध्ये ३६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ ।