२०८३ असार ५ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ५ शुक्रबार

सर्लाहीको ईश्वरपुर नगरपालीका सोमबार एक दिनका लागी बन्द गरिएको छ । गएको शुक्रवार वडा नम्बर ३ का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको जेसिबीको बकेटले हानेर हत्या गरिएको घट्नामा दुःख ब्यक्त गर्दै सोमबार नगरपालीका, सबै वडा कार्यालयहरु र नगर मातहतका कार्यालयहरु बन्द गरिएको नगरप्रमुख मनोज देबकोटाले बताए ।

उक्त नगरपालीकामा १५ ओटा वडा रहेको छ । वडा नम्बर ३ को कार्यालय भने आजबाट ३ दिनका लागी बन्द गर्ने नगर कार्यपालीकाले निर्णय गरेको छ ।

वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । उनीहरु विरुद्ध हिजो आइतवार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि ढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

घटनाका सम्वन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारि दिए ।

सुबिधा सम्पन्न मानिने तराईका कतिपय ग्रामिण बस्तिहरुमा अझै पनी आयोडिन नुनको सट्टा ढिके नुनको प्रयोग हुने गरेको पाईएको छ । खुला रुपमा पाईने ढिके नुनले मानिसको शरिरलाई हानि गर्छ भन्ने चेतनाको कमिका कारण पनी ढिके नुनको प्रयोग भईरहेको जानकारहरु बताउँछन् ।

सर्लाहीको लालबन्दी नगरपालीका १५ का धन बहादुर थामि भन्छन, ‘बाख्रा बस्तुलाई दानामा मिलाएर खुवाउनका लागी ढिके नुन प्रयोग गरिने भएकोले आफुहरुले समेत सोहि नुन खाँदै आईरहेका छौँ ।’ आयोनुनको तुलनामा स्वादमा केहि भिन्नता हुने भएकोले पनी ढिके नुनको प्रयोग हुने गरेको उनको कथन छ ।

छिमेकी मुलुक भारत सँग सिमा जोडिएका सर्लाही सहित तराईका जिल्लाका सिमावर्ती गाउँमा समेत ढिके नुनको प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको बताईन्छ । गाउँघरमा आयोडिनयुक्त नुनको प्रयोगको चेतनाको अभावले पनी ढिके नुनको प्रयोगमा कमि आउन नसकेको बसबरिया गाउँपालिका धनगढाका प्रदिप यादवले बताए ।

सरकारले ‘दुई बालबालिकाको चिह्न अंकित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनिरहँदा साल्ट  ट्रेडिङ कर्पोरशनद्वारा वितरित आयोडिनयुक्त नुनको प्रयोगमा भने कतिपय बेखवर छन । आयोडिनयुक्त नुनको प्रयोगले आयोडिनको कमीबाट हुने रोगबाट बचाउने काम गर्छ । नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पु¥याउँछन् ।

चिकित्सहरुको भनाई अनुसार दैनिक २३०० मिलिग्राम या त्योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुन्छ । यो भनेको दैनिक एक चम्चा हो । तर विश्वका ९० प्रतिशतभन्दा बढीमानिस त्योभन्दा निकै बढी नुन सेवन गर्छन् । नुनको बढी सेवनले उच्च रक्तचाप बढाउने र त्यसबाट हृदयाघात र स्ट्रोकको समस्या बढाउने पनि खतरा हुन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।