महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौ-न सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ से-क्स पिरियड’ भनेर मानेका पनि छन् ।
आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको से-क्स सुरक्षीत हुन्छ ?
१. महिनावारी भएको पहिलो सात दिन : महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौ-नसम्पर्क गर्नु राम्रो मानिदैन् । त्यसैले यो बेलामा यौ-नसम्पर्क नगरेको राम्रो ।
२. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन : यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । नुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौ-नसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।
३. महिनावारी भएको ११ देखि १६ दिन : साधनविना गरिने यो बेलाको यौ-नसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौ-नसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।
४. १७ देखि १९ दिन : साधनविना गरिने यौ-नसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।
५ . २० देखी महिनावारी नहुँदासम्मको दिन : यसबेला साधनविना गरिने यौ-नसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधनविना गरिने यौ-नसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।
नोट : विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन । सून्य देखि ५ प्रतिशत सम्भावना जहिले पनि रहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । अर्कोकुरा सेफ से-क्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एचआइभी एड्स तथा अन्य यौ-नरोगको सम्भावनालाई रोक्न सक्दैन ।
- नेपाली हेल्थ…
दशैँको टीकाको आज दोस्रो दिन, हिजो अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।
साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् ।
आफ्नो घरमा भ्याएर हिजो देखि नै सर्लाही सहित देशैभरि टाढाका आफन्तसँग टीका थाप्न जानेहरुको लहर छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।
राजमार्ग देखि गाउँघरका सडकहरुमा कोशेली सहित रातो टिका जमरा लगाएर हिँडिरेकाहरु बाक्लै भेटिन्छन ।
आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ ।
ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।
साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज शनिवार भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुनेछ ।
आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो ।
नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ ।
नेपालले आज भारतसँग यस अघिको खेलमा गरेको गल्ती सुधार्नु पर्ने हुन्छ । आजको खेल नेपाललाई भारतसँग बदला लिने अवसर समेत हुनेछ ।
यस अघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल जितेर इतिहास रच्ने सुनौलो अवसर खेर जान नदिने बताएका छन् ।
उनले आजको खेल आफूहरुका लागि ठूलो खेल भएको भन्दै ऐतिहासिक लक्ष्य प्राप्तिमा मात्र एक जित टाढा रहेको बताएका छन् । उनले आजको खेलमा समूह चरणमा भारतसँगको खेलमा गरेको गल्ती पनि सुधार्ने बताएका छन् ।