नेकपा एमालेका नेता प्रभु साहले एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताउनुभएको छ ।
दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरे देशमा द्वन्द्व उत्पन्न हुने जिकिर गर्नुभयो ।
माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै नेत साहले यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
सर्लाही | नेपालीको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाइटीका । आज दिदीबहिनीले आ–आफ्ना दाजुभाईलाई निधारमा सप्तरंगी टीका लगाइदिँदै दीर्घायुको कामना गर्दछन् ।
भाइटीकामा साइत पर्खनेहरुका लागि बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
तर आफ्ना दाजुभाई र दिदीबहिनीबीच तिहारको टीका लगाउन साइत नै पर्खन नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । राज्य सञ्चालकहरुले साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणलाई भने सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँको भनाइ छ ।
यसअघि, कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक मंगलबारबाट शुरु भएको थियो ।
उता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले पनि नेपालसहित विभिन्न देशमा रहने नेपालीले टीका लगाउने साइत पनि सार्वजनिक गरेको छ ।