२०८३ जेष्ठ १८ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १८ सोमबार

नेपाली कांग्रेसमा बैचारिक नेताको छवि बनाएका मनोज बख्रेलले चौधौ महाधिवेशनको प्रकियामा क्षेत्रिय प्रतिनिधि पदको दावी फिर्ता गरेका छन् ।

सर्लाहीमा आज हुँदै गरेको अधिवेशन प्रक्रियामा लालबन्दी नगरपालिका वडा नम्बर ९ बाट प्रतिनिधित्व गर्ने बख्रेल लामो समय देखि बिधार्थी राजनीतिमा देखिने चर्चित अनुहार हुन् । उनले आफ्नो उम्मेदवारी हुनु र फिर्ता गरिनुका कारण सहित एक विज्ञप्ति मार्फत उम्मेदवारी फिर्ता गरेको जनाएका छन् ।

दल भित्र हुने अस्वस्थ प्रतिस्पर्धा र आधारहिन व्यत्तित्व हत्या , खिच्चातानी र जालजेलको विज्ञप्ति मार्फत खुलेर आलोचना गरेका छन् ,भने संगठनका एकता र सद्भावनाको संदेश दिदै आफु उम्मेदवारीबाट पछि हटेको जनाएका छन् ।

अनावश्यक पिडा र अवरोध प्रति चिन्ता ब्यत्त गर्दै संगठन व्यवस्थापनमा आफुले योगदान गरेको र अझै मजबुत भएर संगठनमा क्रियाशिल रहने विश्वास व्यक्त गरेका हुन् ।

आफुलाई अथाह शुभकामना र सहयोग गर्ने प्रति कृतज्ञता दर्शाउदै उनले एक प्रेस मार्फत आफू यो राजनीतिको पूर्ण विराम नभई अल्पविराम भएको र आफु हजारौ माइलको यात्राका लागि प्रतिबध्य रहेको जनाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।