२०८३ भाद्र १ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १ सोमबार

बारा प्रहरीले १सय ६८केजी लागुऔषध गाँजा बरामद गरेको छ । कोहल्बि वडा नं ५ स्थित स्थानिय  जितेन्द्र चौधरीको घरमा लुकाई छिपाई राखेको भन्ने सुकारको आधारमा घरको खोजी गर्ने क्रम सो लागुऔषध गाँजा फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

ईलाका प्रहरी कार्यलय कोहल्बीबाट प्रहरी निरिक्षक भोलामा सिहं अधिकारीको कमाण्डमा खटिएको टोलीले सो गाँजा बरामद गरेको हो । घरमा कोहि पनि नभएकाले प्रहरीले स्थानिय जनता र जनप्रतिनिधीको रोहवरमा घरको ताल्चा फुटाई चेज-जाँच गरेको थियो । घरधनि नभेटिए पनि थप अनुस्धानको लागी उनिहरुको खोजी कार्य भईरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक पाण्डेले लिड न्युजलाई जानकारी दिए ।

पछिल्लो हप्ता मात्रै बारामा करिब ३ सय गाँजा प्रहरीले बरामद गरेको थियो । सो गाँजा भारत लैजान लागेको  प्रहरीले आशङ्का गरेको थियो ।

दोलखा : दोलखा जिल्लामा उत्पादन भएको कफी विभिन्न देशमा निर्यात हुन थालेको छ। यहाँ उत्पादित कफी हाल इटाली, फ्रान्स लगायतका देशमा निर्यात हुन थालेको हो। दोलखाको कालिञ्चोक-८ सुनखानीमा रहेको नीलकमल कृषि सहकारीले स्थानीय स्तरमा उत्पादन भएको कफी संकलन गर्दै आएको छ। 

कफी बजार व्यवस्थापनका लागि द फेस्को हिमालयन कम्पनी काठमाडौंसँग व्यापार सम्झौता गरेर सहकारीको नाम र लोगोसहितको कफी इटाली र फान्स लगायतका देशमा निर्यात सुरु भएको सहकारीका संस्थापक अध्यक्ष टहल आचार्यले बताए।  

गत वर्ष सहकारीले गाउँमा उत्पादित कफी खरिद गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो। यो वर्ष धेरै उत्पादन वृद्धि भएकाले सहकारीका सदस्यहरूको आयआर्जनमा सहयोग गर्न सम्झौता गरेको उनको भनाइ छ। 

संस्थाका शेयर सदस्यहरूले उत्पादन गरेको साढे दुई क्विन्टल कफी सहकारीले प्रति केजी पाँच सय रुपैयाँमा खरिद गरी फेस्कोलाई प्रति केजी ५७५ का दरले १ लाख ४३ हजारको कफी बिक्री गरेको छ। 

कफीको उत्पादन र बजारको सम्भावनालाई अध्ययन गरेर सहकारीले यस वर्ष  सहकारीका १७ सय  सेयर सदस्यमध्ये कफी उत्पादन गर्दै आएका सदस्यलाई छनौट गरी ५१ जना कृषकलाई कफी सम्बन्धी तालिम प्रदान गरेको छ। तालिम प्रदान गरी ६ हजार कफीका बिरुवा वितरण गरेको सहकारीका अध्यक्ष कल्पना खरेलले बताइन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।