२०८३ भाद्र १ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १ सोमबार

बारा । बाराको निजगढस्थित एक वर्कसपमा हिजो भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

निजगढ-७ सहिद चोकमा रहेको रोहित वर्कसपमा हिजो दिउँसो विस्फोट हुँदा घाइते भएका वीरगञ्जका रितु रजतको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । घाइते रजतलाई उपचारका लागि हिजै वीरगञ्जको बयोधा अस्पतालमा लगिएको थियो । हिजै वर्कसप सञ्चालक रेशम मगरको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो भने अर्का घाइते भारतीय नागरिक राकेश जैसवालको पनि उपचारका क्रममा मृत्यु भएको थियो । 

वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा विस्फोट भएको प्रहरीको भनाइ छ । घटनामा घाइते एक जनाको उपचार भइरहेको र एक जना भने उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।