२०८३ श्रावण २५ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २५ सोमबार

२१ चैत, काठमाडौं । कर्मचारीको जोडबलमा १०३ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका छन् ।

बिहीबार गुरागाईंले कर्मचारी र नगर प्रहरीबीचको तनाव झेल्दै कार्यकक्षमा पुगेर हाजिर गरेका हुन् ।

यसैबीच, मेयर बालेन शाहले गुरागराईंलाई रोक्न खोजेका थिए । यद्यपि मेयर सचिवालयको उक्त प्रयास सफल हुन सकेन ।

मेयर शाहको सचिवालयले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दमनलाई विषयान्तर गर्नका लागि सरकारकै ठाडो निर्देशनमा यस्तो कार्य भएको बताएको छ ।

‘अनुसन्धानको दायरामा भएको, महानगरले स्पष्ट रुपमा गल्ती देखाइसकेको व्यक्तिलाई कार्यालय प्रवेश गराउने जुन नाटकमञ्चन गरिएको छ,’ मेयर शाहका प्रमुख स्वकिय सचिव भूपदेव शाहले सँग भने, ‘सरकारले दम्भ देखायो । ठाडो आदेशमा १५ गते जुन राज्यले दमन गरेको छ, त्यसको विषयान्तर गर्नका लागि हो ।’

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको खण्डमा बिहीबार विरोधमा उत्रिएका जनप्रतिनिधि र कर्मचारी पनि जेल जान तयार हुनुपर्ने मेयर शाहको सचिवालयले बताएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।