२०८३ भाद्र १८ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १८ बिहीबार

सिन्धुली, असार २० । एक समय उजाड, सुख्खा र वनविहीन बनेका डाँडापाखाहरू स्थानीय उपभोक्ताको सक्रिय संरक्षण र दिगो व्यवस्थापनका कारण अहिले हराभरा, आकर्षक र जैविक विविधताले सम्पन्न वन क्षेत्रमा परिणत भएका छन् । संरक्षणसँगै वनलाई स्थानीयको उपभोग तथा आयआर्जनको स्रोतका रूपमा विकास गरिएपछि सिन्धुलीको दूधौली नगरपालिका–१, कुर्थौलीस्थित बिचित्रा ठाकुर सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उदाहरणीय सामुदायिक वनका रूपमा स्थापित हुँदै गएको छ ।

४९० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा ३ सय ९५ घरधुरी उपभोक्ता आबद्ध छन् । वन क्षेत्रमा मुख्य रूपमा साल प्रजातिका रुख रहेका छन् भने साजलगायत अन्य स्थानीय प्रजातिका वनस्पतिहरू पनि पाइन्छन्। वन संरक्षण, व्यवस्थापन तथा विकासका सम्पूर्ण गतिविधिमा उपभोक्तालाई प्रत्यक्ष परिचालन गर्दै आएको समूहले सामुदायिक सहभागितामार्फत वन संरक्षणको प्रभावकारी अभ्यास गरिरहेको जनाएको छ ।

समूहका अध्यक्ष हिरन माझीका अनुसार वन संरक्षण, वृक्षारोपण, सरसफाइ, वन गस्ती तथा व्यवस्थापनका अधिकांश कार्य स्थानीय उपभोक्ताको सहभागितामै सञ्चालन हुँदै आएका छन् । सामुदायिक अपनत्वका कारण वन क्षेत्रको संरक्षण प्रभावकारी बनेको र वनको अवस्था वर्षेनी सुधार हुँदै गएको उहाँले बताउनुभयो ।

वन संरक्षणलाई थप प्रभावकारी बनाउन चुरे उत्थानशील आयोजना, सिन्धुलीको सहयोगमा चेकड्याम तथा रिचार्ज पोखरी निर्माण गरिएको छ। त्यसैगरी डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, वन पैदावारको चोरी निकासी नियन्त्रण तथा प्रत्येक उपभोक्तालाई बाँस रोप्न प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिएको समूहका उपभोक्ता गिरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

वन्यजन्तु व्यवस्थापनतर्फ पनि समूहले नयाँ अभ्यास थालेको छ । वन क्षेत्रमा आउने बाँदरलाई खेतीबालीतर्फ जान नदिन वनभित्रै आँपका बिरुवा रोपिएको छ । यसले वन्यजन्तुलाई वनमै आहारा उपलब्ध गराई किसानको बाली जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । समूहका अर्का उपभोक्ता बालकृष्ण पहाडीका अनुसार उपभोक्तालाई नियमनसहित वनमा घाँस काट्न अनुमति दिइएको छ । यसबाट स्थानीयको पशुपालनमा सहजता हुनुका साथै वनको दिगो उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्न मद्दत पुगेको छ ।

स्थानीयको सक्रिय सहभागिता, वैज्ञानिक वन व्यवस्थापन, संरक्षणमुखी कार्यक्रम तथा वनबाट प्राप्त स्रोत–साधनको दिगो उपयोगका कारण बिचित्रा ठाकुर सामुदायिक वन अहिले सिन्धुली जिल्लाका अन्य सामुदायिक वनका लागि पनि अनुकरणीय नमुनाका रूपमा स्थापित हुँदै गएको सरोकारवालाहरूको भनाइ छ ।

प्रतिरक्षा प्रणाली (इम्युनिटी पावर) बलियो बनाउन भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टयुक्त पेय पदार्थहरू अत्यधिक लाभदायक हुन्छन्। बिहान मनतातो पानीमा कागतीको रस वा अमलाको जुस पिउनु सबैभन्दा उत्तम मानिन्छ। यसका साथै ग्रिन टी, अदुवा-तुलसीको चिया र चुकन्दरको जुसले शरीरको रोग प्रतिरोधी क्षमता छिटो बढाउन मद्दत गर्छन् ।

पोषणविद् अतुल उपाध्याय दैनिक जीवनमा समावेश गर्न सकिने केही मुख्य पेय पदार्थहरू कागती पानी, बिहान मनतातो पानीमा आधा कागती निचोरेर पिउनाले शरीरमा भिटामिन ‘सी’ प्राप्त  हुने र विषाक्त पदार्थ बाहिर निस्कने बताउँछन् ।

अमला र चुकन्दरको जुस
अमलामा भिटामिन सी र चुकन्दरमा पाइने पोषक तत्त्वले रगत बढाउनुका साथै इम्युनिटी बुस्ट गर्छ।अदुवा, मह र तुलसीको चिया: अदुवा र तुलसीको रसमा मह मिसाएर खाँदा रुघाखोकी जस्ता संक्रमणबाट बच्न सकिन्छ ।

बेसार र दुध
 सुत्ने बेलामा मनतातो दुधमा थोरै बेसार मिसाएर खाँदा शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ ।

स्याउको जुस
स्याउले मानव शरीरलाई चाहिले धेरै किसिमका तत्वहरुको परिपूर्ति गर्दछ । दैनिक एउटा स्याउँ खाँदा त्यो व्यक्तिले कहिल्यै डाक्टरकोमा जान पर्दैन भन्ने भनाइ नै छ । त्यसैले स्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

ब्रोकाउली जुस
ब्रोकाउलीको जुस सेवन गर्नाले यसमा पाईने सल्फर ले शरीरको बिषादि हटाउने काम गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ ।

कागतीको रस
कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँदा यसले बिबिध प्रकारका रोगको आक्रमणबाट बचाउँछ ।

ग्रिन टी 
यसमा पाइने ‘पोलिफेनोल’ नामक एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गर्छ ।

सर्लाही, २० असार । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

मियामी स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्त्यतिर केप भर्डेका डिनेय बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको निर्णायक आधार बन्यो ।

अर्जेन्टिनाले २९औँ मिनेटमा कप्तान लियोनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर ५९ औं मिनेटमा डेरोय डुआर्टेले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुयाए।

अतिरिक्त समयको १२ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २ – १ को अग्रता दिलाए। तर १०३औं मिनेटमा सिड्नी काब्रालले गोल गर्दै केप भर्डेलाई फेरि २-२ को बराबरीमा ल्याए ।

खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला अतिरिक्त समयको १११ औं मिनेटमा केप भर्डेका डिनेय बोर्जेसबाट आत्मघाती गोल हुन पुग्यो। सोही गोल अर्जेन्टिनाको जितको निर्णायक गोल बन्यो।

विश्व वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ५९औँ वरीयताको केप भेर्देले अन्तिमसम्म कडा चुनौती दिएको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको केप भर्डे पराजित भए पनि आफ्नो साहसिक खेलका कारण समर्थकहरूको प्रशंसा बटुल्न सफल भयो।

यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

याे जितसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। केप भर्डेविरुद्ध अन्तिम ३२ को खेलमा गोल गरेसँगै मेस्सी लगातार आठ विश्वकप खेलमा गोल गर्ने इतिहासका एकमात्र खेलाडी बनेका छन्।

३९ वर्षीय मेस्सीले खेलको २९औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यो गोलसँगै उनले विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने दुर्लभ उपलब्धि आफ्नो नाममा लेखाए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।