रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको छ । स्थानीय दीपेन्द्रभक्त खरेलको काठको दुई तले घरमा बिजुली सर्ट भएर आज बिहान सवा ७ बजे आगलागी भएको हो ।
दमकलको सहयोगमा स्थानीय, सशस्त्र र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागीमा १८ लाख ५८ हजार रुपैयाँ बराबरको घरायसी सरसामान जलेर नष्ट भएको नेपाल प्रहरीको प्रारम्भिक अनुमान छ ।