लालबन्दी भेट्रानलाई वर्गर हाउसद्वारा जर्सि प्रदान

31

लालबन्दी, २० चैत । सर्लाहीको लालबन्दीस्थित लालबन्दी भेट्रानलाई १६ थान जर्सि सहयोग प्राप्त भएको छ । लालबन्दी भेट्रान फुटबल क्लवका अध्यक्ष कृष्ण बछार थारुले दिएको जानकारी अनुसार लालबन्दीको पहिचानको रुपमा चिनिने हेल्लाे वर्गर हाउस लालबन्दीले जर्सि सहयोग गरेको हो ।

आज वर्गर हाउसमै एक कार्यक्रमका बिच वर्गर हाउसका संचालक अर्जुन तामाङले भेट्रान अध्यक्ष थारुसहितका खेलाडीको टोलीलाई जर्सि हस्तान्तरण गरेका हुन । जर्सि प्राप्त गरेपछि भेट्रान अध्यक्ष थारुले सहयोगी मनका धनि वर्गर हाउस संचालक तामाङलाई धन्यवाद व्यक्त गरे । उनले यसरी सहयोग प्राप्त गर्दा आफुलाई खुसि लागेको र अन्य ब्यक्ति तथा संघ संस्थाले पनि सहयोग गर्न चाहेमा आफुसँग सम्पर्क गर्न सक्ने प्रतिकृया दिए ।

लालबन्दी भेट्रानले पछिल्लो समय चर्चा बटुलि रहेको छ । निरन्तरको टे«निङ, अन्य ठाउँका भेट्रानहरुसँग भईरहने प्रतिस्पर्धा (म्याच) कारण लालबन्दी भेट्रान सर्वत्र परिचित हुँदै गएको भेट्रानका खेलाडीहरु बताउँछन । ३५ वर्ष माथिका खेलाडीहरु हरेक दिन बिहान लालबन्दी ८ स्थित खेल मैदानमा ट्रेनिङका लागी पुग्ने गर्दछन ।

निरन्तरको खेल अभ्यासले खेल कौशलतासँगै स्वास्थ्यलाई पनि फाईदा पुग्ने रानिगञ्जबाट हरेक दिन मैदान पुग्ने बिभुसिंह थापाको भनाई छ ।