२०८३ जेष्ठ १३ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १३ बुधबार

जम्मु कश्मीर घटनामा राप्रपाको दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको जम्मु कश्मीरको पहलगाममा मंगलबार आतंकवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ ।

राप्रपाले विज्ञप्ति जारी गर्दै यस्ता अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको निन्दा र भत्सर्ना गरेको हो ।

त्यस्तै, बंगलादेशमा केही समयअघि चर्चित हिन्दू व्यक्तित्व भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्याको विषय पनि उल्लेख गर्दै पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय भएको पनि राप्रपाले उल्लेख गरेको छ ।

‘जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन, राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘दुःखको यस घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

आतंकवादी आक्रमणबाट ज्यान गुमाएका रुपन्देहीको बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति राप्रपाले श्रद्धान्जली पनि व्यक्त गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।