हरिवनमा जलवायु परिवर्तन नीति तथा विपद् जोखिम न्यूनीकरण अभिमुखीकरण सम्पन्न

139

हरिवन, ११ बैशाख । HELVATS Nepal को आर्थिक सहयोग, काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोग तथा हरिवन नगरपालिका र वागमती सेवा समाज नेपालको संयुक्त आयोजनामा ‘हाम्रो शहर परियोजना’ अन्तर्गत जलवायु परिवर्तन नीति, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाहीको नयाँरोडस्थित होलि डे ईन होटलमा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालको अध्यक्षता तथा वडा नं. ९ का वडा अध्यक्ष कोकिलानन्द उप्रेती, १० का वडा अध्यक्ष शम्भु प्रसाद मैनाली, वडा सदस्यहरु, वडा सचिव तथा विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन ‘हाम्रो शहर परियोजना’ का कार्यक्रम संयोजक रजनिश सिंहले गरेका थिए भने स्वागत मन्तव्य वागमती सेवा समाज नेपालका अध्यक्ष प्रविणा भण्डारीले राखेकि थिईन ।

कार्यक्रम पुष्कर घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा हरिवन वडा नं. ११ का कार्यपालिका सदस्य श्री गीता राउत तथा श्रम तथा रोजगार शाखा प्रमुखले आ–आफ्नो संक्षिप्त भनाइ राखेका थिए ।

समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत फुयालले जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषयमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका कार्यक्रममा सहभागी हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।