कलैया सिटी जेसीजले अनाथ आश्रममा बाँड्यो खाद्यान्न सामाग्री

221
Friendship Mobile

कलैया सिटी जेसीजले अनाथ आश्रममा खाद्यान्न सामाग्री बितरण गरेको छ ।

कलैया सिटी जेसीजको जेसीज सप्ताह २०२०  कार्यक्रम लाई शुभारम्भ गर्दै आज जिल्ला को एक मात्र सरकारी अस्पताल कलैया अस्पतालमा फलफूल र अमृत अनाथ आश्रममा खाद्यान्न सामाग्री बितरण गरेको हो । कलैया अस्पतालमा जेसीज ओम प्रकाश कुशवाहाको संयोजकमा १४ जना बिरामी लाई फलफुल बितरण गरेको हो ।

बिरामीहरुलाई स्याउ , केरा ,जुस बितरण गरिएको थियो । त्यस्तै यता कलैया स्थित अमृत अनाथ आश्रममा जेसीज टंकेश महातोको संयोजकमा खाद्यान्न सामाग्री जस्तै चामल २ क्विन्टल, चाउचाउ १ कार्टुन, बिस्कुट २ प्याकेट, अण्डा २ क्यारेट, दाल ६.५ केजि, स्वाबिन ६ केजि, साबुन १ कार्टुन जस्ता सामग्री बितरण गरेको हो ।

कार्यक्रमको अध्यक्षता कलैया सिटी जेसीजका अध्यक्ष जेसि बिपिन चौधरी को रहेको थियोे भने कार्यक्रममा पुर्व अध्यक्ष धनी लाल सराफ, महासचिव सम्भु गुप्ता, सल्लाहकार बैजु दास, उपाध्यक्ष सुबास जयसवाल लगायतको उपस्थिति रहेको थियो