नवरात्रको पाँचौ दिन : देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

281
Friendship Mobile

नवरात्रको पाँचौ दिन आज पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई पूजा तथा आराधना गरिन्छ ।

कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ ।

यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएकोछ । यीनको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ती हुन्छ ।

अत : मनलाई एकाग्र एवं पबित्र राखी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दापनि कठिनाई आउदैन भनि शाष्त्रमा लेखिएकोछ ।

स्कन्दमाताको पूजा गर्ने मन्त्र :
सिंहसनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी ।।
 

स्कन्दमाता स्तुति :
चण्डवीरां चण्डमायां चण्डमुण्डप्रभञ्जनीम् ।
तां नमामि च देवेशीं चण्डिकां चण्डविक्रमाम् ॥
याः श्री स्वयं  सुकृतीनां भवनेष्वलक्ष्मीः पापात्मनां कृतधियां ह्रुदयेषु बुद्धिः ॥
श्रद्धां सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास्मः परिपालय देवि विश्वम् ॥
सिंहासनगतानित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमातायशस्विनीम्॥

स्कन्दमाता  ध्यान:
वन्दे वाञ्छित कामर्थेचन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढाचतुर्भुजा स्कन्दमाता यशस्वनीम्॥
धवलवर्णां विशुद्धचक्रस्थितां पञ्चमदुर्गां त्रिनेत्राम्।
अभयपद्मयुग्मकरां दक्षिणोरूपुत्रधरां भजेम॥
पटाम्बरपरिधानां मृदुहास्यं नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्नकुण्डलधारिणीम्॥
प्रफुल्लवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम्।
कमनीयां लावण्यां जारूत्रिवलीं नितम्बनीम्॥

स्कन्दमाता स्तोत्र :
नमामि स्कन्दमाता नमामि स्कन्दधारिणीम्।
समग्रतत्त्वसागरामपारपारगह्वराम्॥
शिवप्रभां समुज्ज्वलां स्फुरच्छशाङ्कशेखराम्।
ललाटरत्‍‌नभास्करां जगत्प्रदीप्तभास्कराम्॥
महेन्द्रकश्यपार्चितां सनत्कुमारसंस्तुताम्।
सुरासेरेन्द्रवन्दितां यथार्थनिर्मलाद्भुताम्॥
मुमुक्षुभिर्विचिन्तितां विशेषतत्त्वबोधिताम्।
नानालङ्कारभूषितां मृगेन्द्रवाहनाग्रताम्।।
सशुद्धतत्त्वतोषणां त्रिवेदभारभूषणाम्।
सुधार्मिकोपकारिणीं सुरेन्द्रवैरिघातिनीम्॥
शुभां सुपुष्पमालिनीं सुवर्णकल्पशाखिनीम्।
तमोन्धकारयामिनीं शिवस्वभावकामिनीम्॥
सहस्रसूर्यराजिकां धनञ्जयोपकारिकाम् ।
सुशुद्धकालकन्दलां सुभृङ्गवृन्दमञ्जुलाम् ॥
प्रजायिनीं प्रजावतीं नमामि मातरं सतीम् ।
सत्कर्मकारणे गतिं हरप्रियां च पार्वतीम् ॥
अनन्तशक्तिकान्तिदां यशोऽर्थभुक्तिमुक्तिदाम् ।
पुनः पुनर्जगद्धितां नमाम्यहं सुरार्चिताम् ॥
जयेश्वरि त्रिलोचने प्रसीद देवि पाहि माम् ।
जयन्ति ते स्तुवन्ति ये शुभं लभन्त्यसंशयम् ॥

पुजन विधिः 

आजको दिन शुद्ध भएर हरियो रंगको कपडा लगाउने, त्यसपछि स्कन्दमाताको प्रतिमा राख्ने, कलश पुजा पछि स्कन्दमाताको सौभाग्यसुत्र, चन्दन, रोली बेसार, सिन्दुर, दुर्वा, बेलपत्र, आभुषण, पुष्पहार, सुगन्धित द्रव्य, धुप–दिप, नैबेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र, पुष्पाञ्जली, आदि गर्ने र वन्दना स्लोक पढ्ने । बन्दना स्लोक पछि मातालाई केराको प्रसाद चढाउने र माता स्त्रोत पाठ गर्ने त्यसपछि प्रसाद वितरण गरि पूजा सम्पन्न गर्नुपर्दछ ।