ईप्रका गरुडामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

278
Friendship Mobile

ईलाका प्रहरि कार्यालय गरुडाले मंगलवार दिउँसो शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

रौतहटको गरुडामा रहेको प्रहरि कार्यालयले मंगलवार दिउँसो १ बजे तालुक २ नम्बर प्रदेश प्रहरि कार्यालय जनकपुरका कार्यालय प्रमुख डिआईजी धिरज प्रताप सिंह र जिल्ला प्रहरि कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरि उपरिक्षक शिद्धि बिक्रम शाहको बिशेष उपस्थितीमा हिन्दुहरुको चाडपर्व बडादशैँ, तिहार र छठको शुभकामना आदानज प्रदान कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा रौतहटका प्रहरि कार्यालयमा कार्यरत सिनियर प्रहरि अधिकृत र जुनियर प्रहरि अधिकृत सँगै सबै युनिटका ईन्चार्ज लगाएतको उपस्थिती रहेको थियो ।

करिव ७० जना प्रहरि कर्मचारिको उपस्थितीमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, प्रहरि आचरण तथा ब्यवहार, अपराध रोकथाम नियन्त्रण, चोरि तस्करि पैठारि नियन्त्रण, जुवातास, अवैध भट्टि नियन्त्रण तथा चाडपर्वका नाममा हुने आपराधिक कृयाकलापहरुको बिषयमा सजग गराईएको साथै मातहतका कर्मचारिलाई निर्देशन दिईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।