पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही सडक खण्डका पुल जिर्ण, दुर्घटनाको जोखिम धेरै


पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्ला भित्र पर्ने पुलको अवस्था जिर्ण हुँदै गएपनी सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको छ ।
जिल्ला भित्र पर्ने लखन्देहि, चापिनी र रौतहट जिल्ला सँग जोडिएको बागमती पुल जिर्ण बनेका छन । पुलमाथी ठुला ठुला खाडल भएका कारण सवारि चलाउन पनी डराउनुपर्ने अवस्था रहेको सवारि चालकहरु बताउँछन । करिब ४० वर्षपहिले तत्कालीन सोभियत संघको सहयोगमा निर्माण गरिएका पूर्वपश्चिम राजमार्गमा रहेका पुलको अवस्था दिन प्रतिदिन बिग्रिदैँ गएका छन ।

पुलमा भारवहन क्षमताभन्दा अत्यधिक लोड राखेर मालबाहक सवारीसाधनहरू गुडेपछि पुलको अवस्था बिग्रिँदै गएको केहिको बुझाई छ । पुलमा मात्रै नभएर जिल्ला अन्तर्गत पर्ने सडकहरुमा पनी बिच बिचमा खाडलहरु छन जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।
सडक बिभागले बेलैमा ध्यान पु¥याउन नसक्दा सडकमा दुर्घटनाको जोखिम बढेको हो । हाल अति नै डरमर्दो यात्रा गर्नुपर्ने पुलमा एक तर्फि मात्रै सवारि साधन चलिरहेका छन । जसका कारण पनी यात्रुलाई लामो समय सम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।
सम्बन्धित निकायले बेलैमा ध्यान नपु¥याएमा अप्रिय घट्ना भएको खबर थाहा पाउन धेरै समय कुर्नु नपर्ला ।