जिल्ला प्रशासन कार्यालय मलंगवा सोमवार बाट सुचारु हुने

282
Friendship Mobile

सर्लाहीको मलंगवा नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा सोमबार बाट सूचारु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयलले शुक्रवार एक सूचना जारी गर्दै हालसम्म बन्द रहेको नागरिकता सम्बन्धी सेवा लगायत अन्य सम्पूर्ण सेवाहरु सोमवार बाट संचालन गर्ने जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिनुभयो ।

यसअघि बितरित टोकन अनुसार अवरुद्ध भएका सेवाग्राहीहरुको पालो टोकन अनुसार विभिन्न मिति तोकिएको छ । सेवाग्राहीहरुको विभिन्न कार्यको लागि दिइएको टोकनहरु मध्ये कार्तिक २ गते दिइएको टोकन नम्बरहरुको सेवाग्राहीहरुलाई कार्तिक १७ गते सोमवार, कार्तिक ३ गतेको कार्तिक १८ गते, कार्तिक ४ गतेको कार्तिक १९ गते, कार्तिक ५ गतेको कार्तिक २० गते र कार्तिक ६ गतेको कार्तिक १९ गते शुक्रवार कार्य हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

यस अघि प्रमुख जिल्ला अधिकारी लगायत अन्य कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक २ गतेबाट अर्को सूचना नभएस सम्मको लागि जिल्ला प्रशासन कार्यालय बन्द गरिएको थियो । सेवाग्राहीहरुको चाप बढन थालेपछि जिल्ला प्रशासन कार्यालयले टोकन बाँडेको थियो ।