रौतहटमा जबरजस्ति करणी अपराधमा संलग्न २ जना प्रहरिको नियन्त्रणमा

273
Friendship Mobile

पैसाको प्रलोभनमा पारेर जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवकलाई रौतहट प्रहरीले पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाकाको प्रहरी टोलीले जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर १ झौवा टोल बस्ने ४५ वर्षीय रामलाल राय यादवलाई पक्राउ गरेको हो ।

यादवले यही कार्तिक १४ गते राति आफ्नै घरको बरन्डामा रहेको बाँसको मतानमा सुती बसेको अवस्थामा अपाङ्गता भएकी बालिकालाई पैसा दिन्छु भनि प्रलोभन देखाई जवरजस्ती करणी गर्न खोजेका थिए । सोहि क्रममा स्थानीयले फेला पारी कुटपीट गरी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

यस्तै जवरजस्ती करणीकै आरोपमा प्रहरीले जिल्लाको देवाही गोनाही नघरपालिका वडा नम्बर १ करुनिया टोल निवासी १९ वर्षीय शेख बिगन भन्ने महमद तौफिकलाई पनि पक्राउ गरेको छ । तौफिकले गत कार्तिक १३ गते सोही स्थानमा बस्ने एक बालिकालाई जवरजस्ती करणी गरेको र उनलाई स्थानीयले घटनास्थलमानै समाती ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा टोलीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको र उनीहरुलाई जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो ।

साथै उहाँले जिल्लामा बिभिन्न ब्यक्तिबाट अपराधिलाई निर्दोष साबित गर्ने र छुटाउने कामका लागी दवाब बढि नै आउने गरेको भन्दै दुःख ब्यक्त गर्नुभयो ।