नेपाली कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूम उपलब्ध गराउने

338
Friendship Mobile

नेपाली सूचना प्रविधि कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूमलाई प्रवेश गराएको छ । श्रीलंकाका लागि जूमको आधिकारिक बिक्रेता भएसँगै जेनस सोलुसनले जूमलाई श्रीलंकाको बजारमा प्रवेश गराएको हो ।  

जेनस सोलुसन नेपाल तथा भुटानको लागि जूमको आधिकारिक बिक्रेता भएर काम गर्दैं आएको छ । जूमसँगको सहकार्यमा जेनसले जूमको सःशूल्क प्याकेज उपलब्ध गराउँदै आएको छ । अब यो सेवा श्रीलंकामा पनि उपलब्ध हुनेछ । 

यी बाहेक अन्य देशमा पनि जूम उपलब्ध गराउने प्रयास निरन्तर जारी रहेको जेनसका ग्लोबल सिटीओ अञ्जनी फुयाँलले बताए । कोरोना महामारी सुरु भएसँगै भिडियो कन्फेरेन्सिङ, वेबिनार तथा मिटिङको लागि जूमको लोकप्रियता बढिरहेको छ ।