अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने पक्का

352
Friendship Mobile

अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले बहुमत पाउने लगभग पक्का भएको छ । उनी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा धेरै अगाडि देखिएका छन् ।

बीबीसीका अनुसार हालसम्म ५० मध्य ३४ राज्य नजिता आइसकेको छ ।  ३४ राज्यको नतिजासम्म बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ ।

राष्ट्रपति पदको चुनाव जित्नको लागि कुल २७० चुनावी मतहरु आवश्यक पर्छ । जबकि कुल चुनावी मतदान ५३८ छ । यद्यपि यस पटक अधिकांश मतहरू पोष्ट बक्स हुलाकको माध्यमबाट प्रयोग गरिएको छ । यस प्रकारले प्रारम्भिक परिणाम र अन्तिम परिणामहरू बीच ठूलो भिन्नता हुन सक्ने अनुमान गरिएको छ । 

७७ वर्षपछि रिपब्लिकनको गढ मानिएको एरिजोनमा डेमोक्रेट बाजी मारेको छ । २०१६ मा ट्रम्पले यहाबाट ३ प्रतिशत बढी भोट पाएका थिए भने यस पटक ३ प्रतिशत कम भोट पाएका छन् । आर्थिक न्युजबाट…

तपाईंले ताजा नतिजा BBC बाट पनि थाहा पाउन सक्नुहुन्छ । क्लिक गर्नुहोस् ।https://www.bbc.com/nepali/live/news-54805130