नेकपा लालबन्दी वडा नम्बर ३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

293
Friendship Mobile

सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टि लालबन्दी नगरपालीका वडा नम्बर ३ को आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष एवं नेकपा जिल्ला कमिटि सदस्य राम नारायण चौधरिको अध्यक्षता तथा नगरप्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गएको बिजयादशमि, शुभ दिपावली तथा पबित्र लोक पर्व छठको शुभकामना आदान प्रदान गरिएको श्रोतले बताएको छ ।

नेकपामा प्रवेश गर्नेहरुलाई टिका लगाएर स्वागत गर्दै नगरप्रमुख खड्का

कार्यक्रममा अन्य पार्टि परित्याग गरि नेकपामा प्रवेश गर्ने ब्यक्तिहरुलाई प्रमुख अतिथी मेयर खड्का लगाएतका अतिथीहरुले टिका लगाएर नेकपामा स्वागत गरेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा नेताहरु ज्ञान बहादुर थापा, डिल्लि अधिकारि, लेखराम जर्गा, योग नारायण चौधरि, अर्जुन चौधरि, दिलिप साह लगाएत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।