पल्वी जेनरल सप्लायर्सले चपुरको बिभिन्न पसलमा पठाएको भ्याट बिल बिनाको कपडालाई रौतहट प्रहरिले राजस्व अनुसन्धान कार्यालय पठायो

265
Friendship Mobile

रौतहट प्रहरिले यहि मंसिर २ गते मंगलवार पक्राउ गरेको ११ पोका कपडालाई बुधवार राजस्व अनुुसन्धान कार्यालय पथलैया बारा पठाएको छ ।

मंगलवार राती करिव ९ बजेको समयमा रौतहट प्रहरिले गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना३च ८८६५ नम्बरको पिकअप भ्यानमा लैजाँदै गरेको ११ पोका कपडा बरामद गरेको थियो । भ्यानमा कपडा रहेको सुचनाको आधारमा गरुडा नगरपालीका ५ को शिवनगरमा चेकजाँच गर्ने क्रममा भ्याट बिल रभएको कपडा बरामद गरेको हो ।

चन्द्रनिगाहपुरको बिभिन्न पसलमा पु¥याउनका लागी राजदेवि नगरपालीका वडा नम्बर ९ बस्ने २० बर्षिय मुकेश कुमार दासले चलाएको भ्यान रोकी चेकजाँच गर्ने क्रममा पल्वी जेनरल सप्लायर्सले पठाएको ११ पोका कपडाको भ्याट बिल नभएको भेटिएपछि अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।